वैशाख ८,२०८३ / ०३ : ०२ अपरान्ह / 2026-04-21 03:02 pm
      • param ad
      • furniture
      • veera Incorporation

      विश्वकप फुटबल : जर्मनीमाथि जापानको सानदार जित

      - ३ वर्ष अगाडि
      मंसिर ७,२०७९

      काठमाडौं,  फिफा विश्वकप फुटबलमा जापानले सानदार जित निकालेको छ । कतारको खालिफा अन्तराष्ट्रिय स्टेडियममा बुधबार पहिलो हाफमा अग्रता लिएपनि दोस्रो हाफमा एसियाली राष्ट्र जापानले सानदार पुनरागमन गर्दै २-१ को अप्रत्याशित जित निकालेको हो ।

      खेलको ३३ औं मिनेटमा इल्के गुन्डोगानले पेनाल्टीबाट गोल गर्दै जर्मनीलाई १– ० को अग्रता दिलाएका थिए । जापानी गोलकिपर शुइची गोन्डाले जर्मनीका डिफेन्डर डेभिडलाई पेनाल्टी क्षेत्रभित्र फउल गर्दै लडाएपछि जर्मनीले पेनाल्टी पाएको थियो । जसमा गुन्डोगानले सहजै गोल गरे ।

      खेलको ७५ औं मिनेटमा रित्सु डोनले गोल गर्दै जापानलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ८३ औं ताकुमा असानोले गोल गर्दै जापानलाई २–१ को जित दिलाए । जितसँगै जापानले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।

      जितसँगै जापानले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । जापान समूह ‘ई’ को शीर्ष स्थानमा रहेको छ । जर्मनी पुछारमा रहेको छ ।

        सम्बन्धित समाचारहरु