मंसिर २०,२०७९ / ०१ : २१ अपरान्ह / 2022-12-06 01:21 pm

        विश्वकप आयोजक कतारलाई इज्ज जोगाउन धौ धौ, बाँकी खेल जित्नैपर्ने बाध्यता

        - एक हप्ता अगाडि
        मंसिर ७,२०७९

        काठमाडौं, विश्वकप फुटबलको आयोजक राष्ट्र कतारले नमिठो इतिहास बनाएको छ । ९२ वर्षको विश्वकप फुटबलको इतिहासमा आयोजक राष्ट्रले उद्घाटन खेल कहिल्यै हारेको थिएन । त्यो नमिठो इतिहास  इक्वेडरसँग २–० ले हारेसँगै कतारले नमिठो इतिहास बनाएको हो । 

        एउटा सानो अरब देश, जसले दुई दशक लामो अवधिमा राष्ट्रिय टोलीलाई बलियो बनाउन विशाल धनराशि खर्च ग¥यो र टोलीलाई विश्व वरियताको ५१ औँ स्थानसम्म पु¥यायो, आज त्यही देश विश्वकपको उद्घाटनमै नमिठो हार बेहोर्न बाध्य बन्यो । 

        कतारले खेल त हा¥यो नै, समर्थकहरूलाई त्यो भन्दा ठूलो पीडा खेलाडीहरूको खराब प्रदर्शनमा रह्यो । 

        एक्वडोरले गरेको एउटा गोललाई भिडियो असिस्टेन्ट रेफ्रीको  मद्दतले अस्वीकार गरिएपछि त्यसको आलोचना पनि कतार माथि नै भइरहेको छ।

        समूह ए मा कतारले अर्को हप्ता समूह चरणका बाँकी दुई खेल खेल्दै छ । मङ्सिर ९ गते अफ्रिकी राष्ट्र सेनेगलसँग र मङ्सिर १३ गते युरोपेली प्रतिद्वन्द्वी नेदरल्याण्ड्ससँग । 

        कतिपय फुटबल विश्लेषकहरूले कतारको आगामी खेल झन् खराब हुने अनुमान गर्न थालिसकेका छन्। 

        खेलको कुल ९० मिनेटमा कतारले विपक्षी पोस्टमा एक पटक पनि धावा बोल्न सकेन । जम्मा ५ प्रहार गर्न सक्यो, त्यसमा एउटा प्रहार पनि गोल लक्षित थिएन । 

        एक्वडोरले पनि विपक्षी पोस्टमा जम्मा ६ प्रहार मात्र गर्न सक्यो ।  खेलमा कुल जम्मा ११ वटा पोस्ट आक्रमणका साथ सन् १९६६ पछिको यो विश्वकपको सबैभन्दा निरस पूर्ण उद्घाटन खेल बन्यो । 

        कतारी खेलाडीहरूको प्रदर्शन विश्वकप स्तरको हुन नसकेको भन्दै सर्वत्र आलोचना भैरहेका ेछ । खेलाडीहरु पनि निकै नर्भस देखिएकाछन । 

        एक्वडोर र कतारका समर्थकहरूबिच त रङ्गशाला भित्रै पनि भनाभन भएको थियो । जब गोललाई अफसाइड करार गरियो एक जना एक्वडोरका समर्थकले कतारले पैसाको बलमा रेफ्री किनेको भन्दै आलोचना सुरु गरेका थिए । उनको यो क्रियाकलापबाट रुष्ट एक कतारी नागरिकले उनलाई चुप रहने इशारा गर्दै भनाभनमा उत्रिएका थिए । खराब  कीर्तिमान बनाउनबाट जोगिन कतारले बाँकी दुई खेलमा निकै सुधारिएको खेल प्रदर्शन गर्न जरुरी छ ।

          सम्बन्धित समाचारहरु