मंसिर २०,२०७९ / १२ : ५५ अपरान्ह / 2022-12-06 12:55 pm

        विश्वकपको खेल तालिका सार्वजनिक,नेपाली समयअनुसार कुन खेल कहिले ? यस्तो छ तालिका

        - ३ हप्ता अगाडि
        कार्तिक २३,२०७९

        काठमाडौं, नेपालमा चुनाव भएकै दिन अर्थात मंसिर ४ गते रातिबाट कतारमा विश्वकप फुटबल सुरु हुँदैछ । पुस ३ गतेसम्म हुने विश्वकपले एक महिनासम्म पूरै विश्वको ध्यान तान्ने छ । फिफा विश्वकप फुटबल आउन अब दुई साताभन्दा कम समय बाँकी छ। विश्वकपमा संसारभरका उत्कृष्ट ३२ टिमबीच प्रतिस्पर्धा हुनेछ।

        नेपालमा मात्रै होइन विश्वमै यो पटकको विश्वकप कुन देशले जित्छ भन्दै अड्कलबाजी सुरु भइसकेका छन् । प्रत्येक चार वर्षमा आउने विश्वकपले फुटबलमा छुट्टै तरंग पैदा गर्ने गरेको छ । विश्वकपको प्रशारण अधिकार नेपालमा मिडिया हबले पाएको छ। त्यसमार्फत हिमालय टेलिभिजनमा विश्वकप प्रत्यक्ष हेर्न पाइन्छ ।

        विवाद, आलोचनाकै बीच कतारमा विश्वकप फुटबल सुरु हुँदैछ । विश्वकप फुटबललाई ऐतिहासिक र सफल बनाउन कतार पूरै देश लागीपरेको छ । विश्वकपकै लागि भनेर कतारले आठ ओटा ठूला रंगशाला ७–८ वर्षको अवधिमा निर्माण सम्पन्न गर्‍यो । कतारको विभिन्न आठ रंगशालामा हुने विश्वकपको समूह चरणका ४८ र नकआउट चरणका १६ गरी गरी कुल ६४ खेल हुनेछ। 

        नेपालभन्दा कतारको समय दुई घण्टा ४५ मिनेट ढिला छ। विश्वकप अन्तर्गत दिनको पहिलो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ। पौने सात, पौने नौ, पौने १० र राति पौने १ गरी फरक फरक समयमा खेल हुनेछन् ।

        नेपाली समयअनुसार यी हुन् विश्वकपका खेल तालिकाः
        समूह चरण
        मंसिर ४

        १. समूह ‘ए’– कतारविरुद्ध इक्वेडर (राति ९:४५ बजे)मंसिर ५

        मंसिर ५

        २. समूह ‘ए’– सेनेगलविरुद्ध नेदरल्यान्ड्स (राति ९:४५ बजे)
        ३. समूह ‘बी’ – इंग्ल्यान्डविरुद्ध इरान (साँझ ६:४५ बजे)
        ४. समूह ‘बी’ – अमेरिकाविरुद्ध वेल्स (राति १२:४५ बजे)

        मंसिर ६

        ५. समूह ‘डी’ – फ्रान्सविरुद्ध अष्ट्रेलिया (राति १२:४५ बजे)
        ६. समूह ‘डी’ – डेनमार्कविरुद्ध ट्युनिसिया (राति ६:४५ बजे)
        ७. समूह ‘सी’ – मेक्सिकोविरुद्ध पोल्यान्ड (राति ९:४५ बजे)

        ८. समूह ‘सी’ अर्जेन्टिनाविरुद्ध साउदी अरेविया (दिउँसो ३:४५ बजे)

        मंसिर ७

        ९. समूह ‘एफ’ – बेल्जियमविरुद्ध क्यानडा (राति १२:४५ बजे)

        १०. समूह ‘ई’ – स्पेनविरुद्ध कोस्टारिका (राति ९:४५ बजे)
        ११. समूह ‘ई’ – जर्मनीविरुद्ध जापान (साँझ ६:४५ बजे)

        १२. समूह ‘एफ’ – मोरोक्कोविरुद्ध क्रोएसिया (दिउँसो ३:४५ बजे)

        मंसिर ८

        १३. समूह ‘जी’ – स्वीट्जरल्यान्डविरुद्ध क्यामरुन (दिउँसो ३:४५ बजे)
        १४. समूह ‘एच’ – उरुग्वेविरुद्ध दक्षिण कोरिया (साँझ ६:४५ बजे)
        १५. समूह ‘एच’ – पोर्चुगलविरुद्ध घाना (राति ९:४५ बजे)

        १६.समूह ‘जी’ – ब्राजिलविरुद्ध सर्विया (राति १२:४५ बजे)

        मंसिर ९

        १७. समूह ‘बी’ – वेल्सविरुद्ध इरान (दिउँसो ३:४५ बजे)

        १८. समूह ‘ए’ – कतारविरुद्ध सेनेगल (साँझ ६:४५ बजे)
        १९. समूह ‘ए’ – नेदरल्यान्ड्सविरुद्ध इक्वेडर (राति ९:४५ बजे)

        २०. समूह ‘बी’ – इंग्ल्यान्डविरुद्ध अमेरिका (राति १२:४५ बजे)

        मंसिर १०

        २१. समूह ‘डी’ – ट्युनिसियाविरुद्ध अष्ट्रेलिया (दिउँसो ३:४५ बजे)

        २२. समूह ‘सी’ – पोल्यान्डविरुद्ध साउदी अरेविया (साँझ ६:४५ बजे)
        २३. समूह ‘डी’ – फ्रान्सविरुद्ध डेनमार्क (राति ९:४५ बजे)

        २४. समूह ‘सी’ – अर्जेन्टिनाविरुद्ध मेक्सिको (राति १२:४५ बजे)

        मंसिर ११

        २५.समूह ‘ई’ – जापानविरुद्ध कोस्टा रिका (दिउसो ३:४५ बजे)

        २६. समूह ‘एफ’ – बेल्जियमविरुद्ध मोरोक्को (साँझ ६:४५ बजे)
        २७. समूह ‘एफ’ – क्रोएसियाविरुद्ध क्यानडा (राति ९:४५ बजे)

        २८. समूह ‘ईं’ – स्पेनविरुद्ध जर्मनी (राति १२:४५ बजे)

        मंसिर १२

        २९. समूह ‘जी – क्यामरुनविरुद्ध सर्विया (दिउँसो ३:४५ बजे)

        ३०. समूह ‘एच’ – दक्षिण कोरियाविरुद्ध घाना (साँझ ६:४५ बजे)
        ३१. समूह ‘जी’ – ब्राजिलविरुद्ध स्वीट्जरल्यान्ड (राति ९:४५ बजे)

        ३२. समूह ‘एच’ – पोर्चुगलविरुद्ध उरुग्वे (राति १२:४५ बजे)

        मंसिर १३

        ३३. समूह ‘बी’ – वेल्सविरुद्ध इंग्ल्यान्ड (राति १२:४५ बजे)

        ३४. समूह ‘बी’ – इरानविरुद्ध अमेरिका (राति १२:४५ बजे)

        ३५. समूह ‘ए’ – इक्वेडरविरुद्ध सेनेगल (राति ८:४५ बजे)

        ३६. समूह ‘ए’ – नेदरल्यान्ड्सविरुद्ध कतार (राति ८:४५ बजे)

        मंसिर १४

        ३७. समूह ‘डी’ – अष्ट्रेलियाविरुद्ध डेनमार्क (राति ८:४५ बजे)

        ३८.समूह ‘डी’ – ट्युनिसियाविरुद्ध फ्रान्स (राति ८:४५ बजे)
        ३९. समूह ‘सी’ – पोल्यान्डविरुद्ध अर्जेन्टिना (राति १२:४५ बजे)

        ४०. समूह ‘सी’ – साउदी अमेरिकाविरुद्ध मेक्सिको (राति १२:४५ बजे)

        मंसिर १५

        ४१. समूह ‘एफ’ – क्रोएसियाविरुद्ध बेल्जियम (राति ८:४५ बजे)
        ४२. समूह ‘एफ’ – क्यानडाविरुद्ध मोरोक्को (राति ८:४५ बजे)
        ४३. समूह ‘ई’ – जापानविरुद्ध स्पेन (राति १२:४५ बजे)

        ४४. समूह ‘ई’ – कोस्टा रिकाविरुद्ध जर्मनी (राति १२:४५ बजे)

        मंसिर १६

        ४५. समूह ‘एच’ – घानाविरुद्ध उरुग्वे (राति ८:४५ बजे)
        ४६. समूह ‘एच’ – दक्षिण कोरियाविरुद्ध पोर्चुगल (राति ८:४५ बजे)
        ४७. समूह ‘जी’ – सर्वियाविरुद्ध स्वीट्जरल्यान्ड (राति १२:४५ बजे)

        ४८. समूह ‘जी’ – क्यामरुनविरुद्ध ब्राजिल (राति १२:४५ बजे)

        प्रि–क्वाटरफाइनल

        मंसिर १७ शनिबार

        ४९. समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता (राति ८:४५ बजे)

        ५०. समूह ‘सी’ को विजेता र समूह ‘डी’ को उपविजेता (राति १२:४५ बजे)

        मंसिर १८ गते आइतबार

        ५१. समूह ‘ए’ को उपविजेता र समूह ‘बी’ को विजेता (राति १२:४५ बजे)

        ५२. समूह ‘डी’ को विजेता र समूह ‘सी’ को उपविजेता (राति ८:४५ बजे)

        मंसिर १९ गते सोमबार

        ५३. समूह ‘ई’ को विजेता र समूह ‘एफ’ को उपविजेता (राति ८:४५ बजे)
        ५४. समूह ‘जी’ को विजेता र समूह ‘एच’ को उपविजेता (राति १२:४५ बजे)

        मंसिर २० गते मंगलबार

        ५५. समूह ‘एफ’ को विजेता र समूह ‘ईं’ को उपविजेता (राति ८:४५ बजे)

        ५६. समूह ‘एच’ को विजेता र समूह ‘जी’ को उपविजेता (राति १२:४५ बजे)

        क्वाटरफाइनल

        मंसिर २३ गते शुक्रबार

        ५७. खेल नम्वर ४९ को विजेता र खेल नम्वर ५० को विजेता (राति १२:४५ बजे)

        ५८. खेल नम्वर ५३ को विजेता र खेल नम्वर ५४ को विजेता (राति ८:४५ बजे)

        मंसिर २४ गते शनिबार

        ५९. खेल नम्वर ५१ को विजेता र खेल नम्वर ५२ को विजेता (राति १२:४५ बजे)

        ६०. खेल नम्वर ५५ को विजेता र खेल नम्वर ५६ को विजेता (राति ८:४५ बजे)

        सेमिफाइनल

        मंसिर २७ गते मंगलबार

        ६१. खेल नम्वर ५७ को विजेता र खेल नम्वर ५८ को विजेता (राति १२:४५ बजे)

        मंसिर २८ गते बुधबार

        ६२. खेल नम्वर ५९ को विजेता र खेल नम्वर ६० को विजेता (राति १२:४५ बजे)

        तेस्रो स्थानका लागि हुने खेल

        पुस २ गते शनिबार

        ६३. खेल नम्बर ६१ को उपविजेता र खेल नम्बर ६२ को उपविजेता (बेलुका ८:४५ बजे)

        फाइनल

        पुस ३ गते आइतबार 

        ६४. खेल नम्बर ६१ को विजेता र खेल नम्बर ६२ को विजेता (बेलुका ८:४५ बजे)


          सम्बन्धित समाचारहरु