पन्ध्र वर्षीय नेपाली शास्वोत रानाले च्याम्पिएन्स लीग टिम FC Copenhagen बाट तीन वर्षको प्रोफेस्नल कन्ट्रयाकट हात पारेका छन् । उनले २०२२ देखि २०२५ सम्म अन्डर १७-अन्डर १९ को लागि कन्ट्रयाकट पाएका हुन् । FC Copenhagen क्लबका डेभलपमेन्ट डाइरेक्टर सुने स्मिथ निल्सनकका अनुसार शास्वोतलाई १९ वर्षसम्म FC Copenhagen को सिनियर टिम बाट खेलाउने हिसाबले यो कन्ट्रयाकट दिइएको हो ।
डेनमार्कमै जन्मिएर हुर्केका शास्वोतले ६ वर्षको उमेर देखि फूटबल खेल्न थालेका हुन् । Hellerup Idraets Klub देखि Lyngby Bold Klub हुदै १४ वर्षमा FC Copenhagen आएका रानाले उमेर समुहमा Liverpool, Chelsea, RB Leipzig, PSV, West Ham, Bayern Munich जस्ता टिमहरुसंग खेल खेलिसकेका छन् ।
लेफ्ट विंग ब्याक शास्वोत केहि महिना अघि नेपाल SAAF Under 20 को क्लोज क्याम्प ट्रेनिंगमा पनि सहभागी थिए । शास्वोतका बुवा विवेक राना नेपालका पूर्व कराते खेलाडी हुन् भने आमा सुशिला हमाल विगत १८ वर्षदेखि डेनमार्कमै Everest Remittance चलाएर बसिरहेका छन् । शास्वोत २०२० को युथ वर्ल्ड पन्ना च्याम्पियन पनि हुन् । मौका पाए एकदिन नेपालको लागि खेल्ने इच्छा भएको शास्वोत बताउछन् ।








