जेष्ठ ४,२०७९ / ०९ : २० अपरान्ह / 2022-05-18 09:20 pm

        लेस्टरले रेनेसलाई हरायो

        - २ महिना अगाडि
        फागुन २७,२०७८

        इंग्लिस क्लब लेस्टर सिटीले युरोपा कन्फ्रेन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा फ्रान्सेली क्लब रेनेसलाई पराजित गरेको छ । घरेलु मैदानमा लेस्टरले रेनेसलाई २–० ले हराएको हो ।

        किङ पावर स्टेडियममा बिहीबार राति भएको खेलमा घरेलु टोलीको सहज जितमा मार्क अल्ब्राइटन र केलिची इहानाँचोले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल निस्किएको थियो । खेलको ३०औं मिनेटमा मार्क अल्ब्राइटनको गोलबाट लेस्टरले पहिलो हाफमा १–० को अग्रता लिन सफल भयो ।

        उनले हार्भे बार्नेसको पासमा गोल गर्न सफल भएका थिए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा परिवर्तित केलिची इहानाचोले गोल गर्दै लेस्टरको जित पक्का गरे । ६२औं मिनेटमा पाटसन डाँकाको स्थानमा मैदान छिरेका केलिचीले मार्क अल्ब्राइटनको पासमा गोल गर्न सफल भएका थिए ।

        यो जितसँगै लेस्टरले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । 

          सम्बन्धित समाचारहरु