जेष्ठ ४,२०७९ / ०९ : ३५ अपरान्ह / 2022-05-18 09:35 pm

        पिएसजीलाई हराउँदै रियल म्याड्रिड क्वाटरफाइनलमा

        - एक हप्ता अगाडि
        फागुन २६,२०७८

        फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको ह्याट्रिकमा रियल म्याड्रिडले सानदार पूनरागमन जित निकाल्दै युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

        प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा रियलले एक गोलले पछि परेको अवस्थामा बेन्जेमाले ह्याट्रिक पूरा गरेपछि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई ३–१ ले तथा समग्रमा ३–२ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।

        पहिलो लेगमा रियल १–० ले पराजित भएको थियो । खेलको ३९औं मिनेटमा केलियन एमबाप्पेको गोलबाट पिएसजीले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । 

        खेलको ६१औं मिनेटमा कप्तान करिम बेन्जेमाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७६औं मिनेटमा बेन्जेमाले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । त्यसको दुई मिनेटमा नै बेन्जेमा ह्याट्रिक पूरा गर्दै रियललाई ३–१ ले अघि बढाउँदै सानदार पूनरागमन जित दिलाए । 

          सम्बन्धित समाचारहरु