जेष्ठ ४,२०७९ / ०९ : ०५ अपरान्ह / 2022-05-18 09:05 pm

        बार्सिलोनाको पुनरागमन जित

        - एक हप्ता अगाडि
        फागुन २३,२०७८

        वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फेरान टोरेस र मेम्फिस डिपाएले गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा इल्चेविरुद्ध २-१ अन्तरको पुनरागमन जित निकालेको छ।

        आइतबार राति घरेलु मैदानमा इल्चेका फिडेलले ४४औँ मिनेटमा गोल गरेपछि भ्रमणकारी टोली क्याटलान क्लब बार्सिलोना दबाबमा आएको थियो। 

        तर, टोरेसले जोर्डी अल्बाको पास सदूपयोग गर्दै ६०औँ मिनेटमा खेल बराबरीमा ल्याए। डिपाएले पाएको पेनाल्टी सदुपयोग गर्दै खेल सकिन ६ मिनेटअघि विजयी गोल गरे।

        जितसँगै बार्सिलोना २६ खेलबाट ४८ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ। पराजित इल्चे २७ खेलबाट २९ अंकसहित १४औं स्थानमा छ।

          सम्बन्धित समाचारहरु