असार १४,२०७९ / ०९ : ४० अपरान्ह / 2022-06-28 09:40 pm

        फ्रेन्च लिग वान : पीएसजी पराजित

        - ३ हप्ता अगाडि
        फागुन २२,२०७८
        फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) स्तब्ध बनेको छ । 

        शनिबार राति भएको खेलमा निससँग १–० गोलले पराजित हुँदै पीएसजी स्तब्ध बनेको हो ।

        निसका लागि एन्डी डिलोर्टले एक गोल गरेका थिए । खेलको ८८औँ मिनेटमा उनले गरेको गोल नै निसको जितका लागि निर्णायक बनेको थियो । 

        यस सिजनको लिग वानमा पिएसजीको यो तेस्रो हार हो । यसअघि पिएसजीले रेनेस र नान्टेससँग पनि हार बेहोरेको थियो ।

        निससँग पराजित भएपनि शीर्षस्थानमा रहेको पिएसजीको २७ खेलबाट ६२ अंक रहेको छ । पिएसजीलाई हराएको निस ४९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।

          सम्बन्धित समाचारहरु