असार १४,२०७९ / ०९ : २४ अपरान्ह / 2022-06-28 09:24 pm

        पाँचपोखरी क्रिकेटको उपाधि भोताङलाई

        - ३ हप्ता अगाडि
        फागुन २२,२०७८
        पाँचपोखरी टि–२० क्रिकेट प्रतियोगिताको उपाधि पाँचपोखरी भोताङ टिमले जितेको छ । मूलपानीस्थित खेलमैदानमा शनिबार भएको फाइनलमा पाँचपोखरी क्रिकेट टिमलाई ६८ रनले पराजित गर्दै सो टिमले उपाधि उचालेको हो ।

        पहिले ब्याटिङ गरेको भोताङ टिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२४ रन बनाएको थियो । जवाफी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाँचपोखरी टिम ५६ रनमा अलआउट भयो । जितसँगै उपाधि विजेता पाँचपोखरी भोताङ टिमले नगद ७५ हजार पुरस्कार पाएको छ । उपविजेता पाँचपोखरी टिमले ४० हजार पाएको छ । प्रतियोगितमा जिल्लाका सात टिम सहभागी थिए ।

        प्रतियोगितामा बेस्टबलर आर्यान धिताल, बेस्ट व्याटस्म्यान रेन्जिङ लामा, म्यान अफ दि सिरीज सार्थक धिताल चुनिए । नेपाल क्रिकेट सङ्घका कोषाध्यक्ष रोशनकुमार सिंह, पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले पुरस्कार वितरण गरे ।

          सम्बन्धित समाचारहरु