असार १४,२०७९ / ०८ : ३८ अपरान्ह / 2022-06-28 08:38 pm

        आजबाट शहीद स्मारक ‘बी’ डिभिजन लिग

        - ३ हप्ता अगाडि
        फागुन १८,२०७८

        आजदेखि शहीद स्मारक 'बी' डिभिजन लिग फुटबल प्रतियोगिता सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पहिलो दिन तीन खेल हुनेछन्। 

        बिहान साढे नौ बजे हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा पौने १ बजे  बाँसबारी क्लब र सरस्वती क्लब आमने सामने हुनेछन्। 

        अपराह्न ४ बजे हुने तेस्रो तथा दिनको अन्तिम खेलमा वीरगंज युनाईटेड र ब्वाइज युनियनबीच खेल हुनेछ।

        लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा खेल्नेछन् । शीर्ष दुई टोली 'ए' लिगमा बढुवा हुनेछन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्नेछन् ।

        एन्फाले ए डिभिजन लिग समाप्तीसँगै बी डिभिजन लिग सुरु गर्न लागेको हो।

          सम्बन्धित समाचारहरु