असार ११,२०७८ / ०३ : ३२ अपरान्ह / 2021-06-25 03:32 pm
      • Salt Trading

      लियोनल मेस्सी सर्वाधिक आय गर्ने फुटबलरको शीर्ष स्थानमा

      - एक हप्ता अगाडि
      भाद्र ३०,२०७७

      काठमाडौं, लियोनल मेस्सी सर्वाधिक आय गर्ने फुटबलरको शीर्ष स्थानमा उक्लिएका छन् । फोर्ब्सका अनुसार अर्जेन्टिना तथा बार्सिलोनाका स्टार मेस्सी सर्वाधिक आय गर्ने खेलाडीको सूचिमा मेस्सी शीर्ष स्थानमा उक्लिएका हुन् । 

       फोर्ब्सका अनुसार उनले पोर्चुगल तथा युभेन्टसका क्रिष्टियानो रोनाल्डोलाई पछि पारेका हुन् ।मेस्सीको अनुमानित वार्षिक आय १२६ मिलियन अमेरिकी डलर रहेको छ भने रोनाल्डोको आय ११७ मिलियन डलर छ ।

      तेस्रो नम्बरमा ब्राजिल तथा पेरिस सेन्ट–जर्मेन पीएसजी का नेइमार छन् । उनको वार्षिक आय ९६ मिलियन डलर रहेको फोर्ब्सले उल्लेख गरेको छ ।

      यस्तै चौथो स्थानमा रहेका पीएसजीका केलियन एमबाप्पेको ४२ मिलियन, पाँचौँ स्थानका लिभरपुलका मोहम्मद सालहको ३७ मिलियन, छैटौँ स्थानका म्यानचेस्टर युनाइटेडका पउल पोग्बाको ३४ मिलियन र सातौँ स्थानका बार्सिलोनाका एन्टोनी ग्रिजम्यानको ३३ मिलियन आय छ ।

      आठौं स्थानमा रहेका रियल मड्रिडका ग्यारेथ बेलको २९ मिलियन, नवौँ स्थानका बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्कीको २८ मिलियन र दशौँ स्थानका म्यानचेस्टर युनाइटेडका डेविड डी जियाको २७ मिलियन डलर वार्षिक आय रहेको फोर्ब्सले जनाएको छ ।

      सन् २०१९ को सूचिमा को शीर्ष तीन स्थानमा रोनाल्डो, मेस्सी र नेइमार थिए । यो वर्ष एमबाप्पे तीन स्थानमाथि उक्लिएर चौथो स्थानमा आएका छन् । 

        सम्बन्धित समाचारहरु