असोज ६,२०७७ / ०६ : ०७ पूर्वान्ह / 2020-09-22 06:07 am
      • Salt Trading

      २३ पुरुष राष्ट्रिय क्रिकेट खेलाडीको कोरोना बिमा

      - ३ हप्ता अगाडि
      भाद्र ७,२०७७

      काठमाडौ, क्यानले पुरुष राष्ट्रिय क्रिकेट टिमका २३खेलाडीको कोरोना बीमा गरेको छ। क्यानले शनिबार बिज्ञप्ति मार्फत २३ खेलाडीसहित ५१ जनाको कोरोना बीमा गरेको जनाकारी दिएको हो।

      खेलाडीसँगै कीर्तिपुरस्थित त्रिवि मैदानका १६, मूलपानी क्रिकेट मैदानका ६ र क्यान अफिसमा कार्यरत ६ कर्मचारीको बीमा गराएको क्यानले बताएको छ। नेपालमा समेत कोरोना संक्रमण बढ्दै गएपछि क्यानले खेलाडी र कर्मचारीको बीमा गरिएको क्यानका कोषाध्यक्ष रोशन सिंहले जानकारी दिएका छन्। पहिलो चरणमा पुरुष खेलाडी, अफिस कर्मचारी र मैदानका कर्मचारीको कोरोना बीमा गरिएको छ।

      २३ जना खेलाडीसहित त्रिवि मैदान, मूलपानी मैदान र क्यान अफिसका कर्मचारी गरी कुल ५१ जनाको कोरोना बीमा गरिएको छ। दोस्रो चरणमा महिला खेलाडीको कोरोना बीमा गरिने क्यानले जनाएको छ।

        सम्बन्धित समाचारहरु