नेपालगञ्ज, विश्वभर फैलिएको कोरोना भाइरसको जोखिम कम गर्न गरीएको नेपाल भारत सिमाना सिल गरिएपछि सीमापारी फसेका दुवै देशका नागरिकलाई आआफ्नो देश पठाइएको छ ।
नेपाल भारत सिमानाको जमुनाह नाकाबाट बुधबार राति ११ बजेसम्म गरेर ४७ जिल्लाका ६८७ नेपालीलाई नेपाल भित्र्याइएको छ भने नेपालबाट एक हजार ४८३ भारतीयलाई भारत पठाइएको हो ।
बाँके प्रशासन र भारतको बहराईच जिल्ला प्रशासनबिच भएको सहमतिअनुसार दुवै देशका नागरिकलाई आआफ्नो देशमा पठाइएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए ।
हायक प्रमुख जिल्ला अधिकारी प्याकुरेलका अनुसार नेपाल ल्याइएकाहरूमा भारतका विभिन्न सहरमा काम गर्न गएकाहरू फर्किएर आउँदा सीमापारि क्यारेन्टाइनमा राखिएका लगायत रहेको र भारत पठाइएकाहरूमा केही क्वारेन्टाइनमा राखिएकालगायत अधिकांश नेपालगञ्जमा आफन्तको घरमा फसेकाहरू रहेका छन् । नेपाल भित्रिएकाहरू सबैका शुक्रबार बिहानैबाट उनीहरूको आरडीटी परीक्षण भैरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।