काठमाण्डौ । महानगरीय प्रहरी परिसर, काठमाडौंले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको जाहेरी दर्ता गर्न अस्वीस्कार गरेको छ । जसपाका शीर्ष नेताहरू पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोलगायतका नेताहरूसहित पूर्व स्वास्थ्यराज्यमन्त्री सुरेन्द्र यादव जाहेरी दर्ता गर्न टेकु पुगेका थिए । प्रहरीले जाहेरी नलिए पनि आफुहरुले कानुनी लडाइ निरन्तर लड्ने बताएका छन ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले विशेष कारण देखाउदै जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि यो घटनाले थप गंम्भिर रुप लिएको छ ।करिव दिनको सवा ३ बजे पिडित भनिएका पुर्वमन्त्री डा. सुरेन्द्र यादव सहित जनता समाजवादी पार्टीका नेताहरु डा. भट्टराई, महतो, यादव, भण्डारी सहितको शीर्ष नेताहरु प्रहरी परिसर टेकु पुगेका थिए ।
करिव साढे २ घण्टा बढी छलफल भएपनि अन्नत प्रहरी किटानी जाहेरी लिन अस्वीकार गरेको थियो । पुर्वप्रधामन्त्री समेत रहेका जनता समाजवदी नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीको निर्देशनमा प्रहरीले यस्तो गम्भिर प्रकारको मुद्धामा पिडितको जाहेरी लिन नमानेर मुलुकलाई नै अपराधीकरण तर्फ लगेको प्रतिक्रिया दिए ।
पिडित भनिएका सांसद डा. सुरेन्द्र यादवले आफु माथि भएको यस्तो गंम्भिर घटनामा जाहेरी समेत लिन नमानेर कानुनको उल्लघन गरेको बताए । उनले घटनाको सत्य तथ्य बाहिर ल्याउनको लागि पनि प्रहरीले जाहेरी दर्ता गर्नुमा जोड दिए ।
कानुन व्यवसायीहरुले पनि प्रहरीले सरकारको निर्देशनमा पिडित स्वयाम जाहेरी दर्ता गराउन आउंदा समेत सरकारको दवावमा जाहेरी दर्ता नगर्नु कानुन र संविधान विपरित भएकोले निरन्तर कानुनी लडाइमा लाग्ने बताएका छन ।
उता प्रहरीले भने जाहेरीमा महोत्तरीको ठेगाना रहेको र घटना पनि उतै भएकोले जाहेरी नलिएको स्वीकार गरेका छन । परिसरका प्रवक्ता होबिन्द्र बोगटीले आफुहरुले पनि कानुनी परामर्श गर्नु परेकोले आज जाहेरी लिन नसकिएको जवाफ दिएका छन् ।
पूर्व आईजीपी खनाल, श्रेष्ठ र बस्नेतले तत्कालीन समाजवादी पार्टी फुटाउने प्रयासमा १० वैशाखमा महोत्तरी पुगेर सांसद यादवलाई काठमाडौं ल्याएका थिए । समाजवादी पार्टीका नेताहरूले प्रधानमन्त्रीकै निर्देशनमा आफ्ना सांसदलाई अपहरण गरिएको दाबी गर्दै आइरहेको छन । तर, खनाल, श्रेष्ठ र बस्नेतले भने उनकै सहमतिमा काठमाडौं ल्याइएको बताउँदै आएका छन् ।
https://www.youtube.com/watch?v=3JK7ItVt_8M&feature=youtu.be