भाद्र १,२०७९ / ०४ : १४ पूर्वान्ह / 2022-08-17 04:14 am

        महाभुकम्पको ५ वर्ष : निजी आवास पुनर्निर्माणमा ८८ प्रतिशत

        - २ वर्ष अगाडि
        वैशाख १२,२०७७

        काठमाण्डौ । गोरखाको बारपाक केन्द्रविन्दु भई ७.६ रेक्टरको भूकम्प गएको ५ वर्ष पूरा भएको छ । यस अवधिमा समग्र पुनर्निर्माणको काम करिब ६८ प्रतिशतसम्पन्न भएको छ । निजी आवसम भने कबिर ८८ प्रतिशत सम्मन्न भएको छ । सबैभन्दा धेरै दुःख पाएका भूकम्प पीडित सर्वासधारणको घर पुनः निर्माणले अझै पूर्णता पाएको छैन । कतिपय भूकम्प पीडित अझै पनि अस्थायी टहरोमै बसिरहेका छन् ।

        नेपाल सरकारले भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन, २०७२ अनुसार भूकम्पबाट भएको भौतिक क्षतिको शीघ्र पुनर्निर्माण गर्ने र प्रभावित संरचनाको पुनस्र्थापना गर्ने उद्देश्यका साथ सोही वर्षको पुस १२ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना गरेको थियो । तर प्राधिकरणले गरेको काम सन्तोषजनक भएन । राजनीतिक दलहरुले प्राधिकरणलाई राजनीतिक भर्तिकेन्दै बनाए । सुस्त गतिमा भए पनि पुनर्निर्माणको काम भने अघि बढिरहेकै छ । राष्ट्रिय योजना आयोगको तथ्याङ्कअनुसार महाभुकम्पका कारण ४ लाख ९५ हजार ८५२ घर पूर्णरूपमा र २ लाख ५६ हजार ६५७ घरमा आंशिक क्षति पुगेको थियो । 

        ५ वर्षको अवधिमा प्राधिकरणले निजी आवास पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति भएको जनाएको छ । प्राधिकरणले ४ लाख ९४ हजार ४४ अर्थात् ६३ प्रतिशत लाभग्राहीको निजी आवास पुनर्निर्माण सम्पन्न भएको र थप १ लाख ९० हजार १४५ अर्थात् २५ प्रतिशत लाभग्राही पुनर्निर्माणको चरणमा रहेकोसहित समग्रमा ८८ प्रतिशत भएको जानकारी गराएको हो । प्राधिकरणले अन्तिम किस्ता भुक्तानीका लागि प्रमाणीकरण गरिएका लाभग्राहीको संख्या ५ लाख ६१ हजार ६५० अर्थात ७२ प्रतिशत पुगेको जनाएको छ । 

        निजी आवास पुनर्निर्माणका क्रममा करिब ५ लाख गुनासो सम्बोधन भएको र गुनासो सुनुवाइमा पनि चित्त नबुझ्नेहरूका लागि पुनरावेदन समितिमार्फत समस्या समाधान गर्ने व्यवस्था मिलाएको प्राधिकरणले जनाएको छ । अहिलेसम्म ४३ वटा एकीकृत बस्तीको योजना स्वीकृत भएको छ । यीमध्ये ९ वटा एकीकृत बस्तीको पुनर्निर्माण सम्पन्न भइसकेको छ । २७ वटाको डीपीआर स्वीकृत भई निर्माणाधीन छन् । यसरी कुल ७९ वटा एकीकृत बस्ती पुनर्निर्माणको प्रक्रियामा छन् । 

        समग्रमा हेर्दा पुनर्निर्माणमा ५ वर्षमा ६८ प्रतिशत प्रगति हासिल गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले विभिन्न क्षेत्रमा पुनर्निर्माणका क्रममा अहिलेसम्म ३ खर्ब ८१ अर्ब खर्च गरेको छ । जसमा नेपाल सरकार र दातृ निकायबाट ३ खर्ब ९ अर्ब रुपियाँ र गैरसरकारी संस्थामार्फत ७२ अर्ब रुपियाँ भएको प्राधिकरणले जनाएको छ । 

        कोरोना भाइरसको महामारीले विश्वव्यापीरूपमा प्रभाव पारेको र नेपालमा पनि एक महिनादेखि लकडाउन भएकोले प्राधिकरणले पुनर्निर्माणमा असर परेको जनाएको छ । पुननिर्माणमा सुस्त गती लिएको पुनर्निर्माण प्राधिकरकणको समय आगामी पुस १० मा सकिँदै छ । त्यो समयसम्म पुनर्निर्माण काम सकिने सम्भावना अत्यन्तै न्युन छ । पाँच वर्षमा तोकिएको काम सम्पन्न नभएमा नेपाल सरकारले प्राधिकरणको कार्यवधि एक वर्ष थपिने व्यवस्था ऐनमा छ ।

          सम्बन्धित समाचारहरु