चैत १६,२०८० / १२ : २९ अपरान्ह / 2024-03-29 12:29 pm
      • param ad
      • furniture
      • veera Incorporation

      काठमाडौं महानगरले भन्यो- फोहोर नउठे ११८० मा फोन गर्नुहोस्

      - ४ वर्ष अगाडि
      चैत १६,२०७६

      काठमाडौं, काठमाडौँ महानगरपालिकाले केही दिन फोहर उठ्न समस्या भए पनि अहिले नियमित फोहर व्यवस्थापनको काम भइरहेको जनाएको छ ।

      कामपाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना भाइरसको संक्रमणको कारण व्यवस्थापनमा समस्या हुँदा फोहर नउठे पनि आगामी दिनमा नियमित फोहर संकलन हुने दृढता व्यक्त गरे ।

      केही दिनअघि बानेश्वर, कोटेश्वर, अनामनगरलगायत स्थानमा नियमित फोहर नउठेको स्थानीय गुनासो आएपछि प्रमुख शाक्यले आगामी दिनमा कुनै स्थानको फोहर व्यवस्थापनमा समस्या आए ११८० मा फोन गर्न आग्रह गरे ।

      फोन आएपछि तत्काल कामपाको फोहर संकलन गर्ने सवारी साधन आउने उनले ठोकुवा गरे । फोहर मात्रै नभई अहिलेको विषम परिस्थितिमा अन्य कुनै समस्या परे पनि आफ्नो सम्बन्धित वडा कार्यालयमा जानकारी गराएर सहजीकरण गर्न पनि उनले सबै नागरिकलाई आग्रह गरे ।

      विश्वभर फैलिएको कोभिड – १९ को संक्रमण फैलन नदिन सरकारले यही ११ गतेदेखि देशभर लकडाउन गरेको छ । लकडाउनका समयमा दैनिक उपभोग्य वस्तुको कुनै समस्या परे सम्बन्धित वडा कार्यालयलाई सम्पर्क गर्न पनि प्रमुख शाक्यले अनुरोध गरे ।

      उनले दैनिक खाद्य वस्तुको अभाव सिर्जना हुन नदिन पनि कामपाले नियमित अनुगमन गरिरहेको भन्दै कतै कालोबजारी भएको भए खबर गर्न सम्बन्धित सबैमा आग्रह गरेका छन् ।

        सम्बन्धित समाचारहरु