श्रावण २२,२०७९ / ०९ : १९ अपरान्ह / 2022-08-07 09:19 pm

        कोरोनालाई जितेर आएकी एक बेलायती चिकित्सकको अनुभव

        - २ वर्ष अगाडि
        चैत १३,२०७६

        डा. क्लार जेरागा ६० वर्षका एक प्राक्टिसनर (जीपी) एवं बेलायतका रोयल कलेज अफ जीपीका पूर्व अध्यक्ष समेत हुन् । डा क्लारले भर्खर कोरोनाभाइरस प्रति एउटा प्रतिक्रिया दिइन् । उनले आफूले अहिलेसम्म भोगेको सबैभन्दा जटिल र खराब भाइरस रहेको भन्दै यसलाई ‘बच्चा जन्मिदाभन्दा पनि समस्याग्रस्त रोग’ को रुपमा टिप्पणी गरेकी छिन् ।

        उनी स्वयंलाई समेत कोभिड १९ को संक्रमण देखिएको थियो । यद्यपि उनी अहिले पूर्ण रुपमा पूर्ववत् अवस्था तर्फ फर्किँदैछिन् । निको हुने क्रममा रहेकी उनले ट्वीटरमार्फत् आफ्नो अनुभव सुनाउँदै उनले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

        सुखद् कुरा भनेको डा गेराडाले अहिले कोरोना पछि पूर्ववत अवस्थामा आफूलाई फर्काउँदैछिन् । यसरी आफूले भोगेको कोरोनाको अनुभव र कसरी शरीरमा कोरोनाले आक्रमण गर्छ ? भन्ने बारेमा उनले दिएको जानकारीलाई अलजजिराबाट अनुवाद सहित साभार गरिएको हो ।

        हामीलाई ज्वरो र खोकी किन लाग्छ ? घाँटीमा दुखाई कसरी हुन्छ ? किन कोही मानिसहरू पखालाबाट ग्रस्त हुन्छन् ? यो बुझ्नको लागि, हामीले यो बुझ्नु आवश्यक छ कि कसरी भाइरसले हाम्रो शरीरलाई कसरी प्रभावित गराउँछ ?

        कोभिड १९ लाई पनि अरु सबै भाइरसहरूलाई जस्तै फैलिन र पुन:उत्पादन हुनको लागि परिचालक चाहिन्छ । यस अवस्थामा मानव शरीरले यो भाइरसलाई पुन: उत्पादन गर्न र फैलाउन मद्दत गर्छ । भाइरस मूलत: आनुवंशिक सामग्रीहरुको एक टुक्रा हो जुन आफैंमा बृद्धि हुन सक्दैन । यसले पुनरुत्पादित हुनको लागि जीवित प्राणीको शरीरमा प्रवेश गर्नुपर्ने हुन्छ । अन्यथा यो आफैं मरेर जानेछ ।

        भाइरसहरु ब्याक्टेरिया जस्ता हुँदैन । जसमा यसलाई खानेकुरा खान आवश्यक पर्दैन । यसको एउटै मात्रै विशेषता हुन्छ कि त्यो आफैंमा पुनरुत्पादन हुनसक्छ । तर, यसले भाइरसको पुनरुत्पादन त्यस्तो बेलामा मात्रै गर्नसक्छ जतिबेला उपयुक्त होस्ट(जीवित प्राणी) फेला पारेको हुन्छ ।

        कोरोना भाइरसको पनि एउटा मात्रै प्रकार भने हुँदैन । कोरोनाभाइरसका अन्य प्रकारहरूमा मध्य पूर्वी श्वासप्रश्वास सिंड्रोम कोरोनाभाइरस (एमइआरएस–सिओभी) र सेभर एङ्कयुट रेस्पेरेटरी सिन्ड्रम भाइरस समेत समावेश छन् ।

        यी सबै प्रकारका कोरोना भाइरसहरु जनावरबाट मानिसमा प्रसारित हुने स्वभावका हुन्छन् । यसलाई अँग्रेजीमा ‘जुनोटिक’ नामले चिनिन्छ । त्यसैले कोभिड १९ पनि चिनियाँ वन्य क्षेत्रमा रहेको बजारबाट सुरु भएको मान्ने गरिन्छ ।

        कोरोनाको नेपालीमा अर्थ हेर्दा यो ‘प्रभामण्डल’ वा ‘परिमण्डल’ हुन्छ । यसको गोलाकार आकृतिका कारण र यसको सतहमा क्लब–आकारको स्पाइकको मुकुट आकार रहेको हुनाले यसको नाम नै कोरोना राखिएको हो ।

        सबै भाइरसहरू जस्तै कोरोना भाइरस समेत अति सानो आकारको हुने भएकोले यो खोक्दा वा हाछ्युँ गर्दा समेत एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्ने गर्छ ।

        संक्रमित व्यक्तिले खोक्दा या हाछ्यूँ गर्दा ती थुकका कणहरु धेरै भागमा छर्किन्छन् । त्यही कणहरु अन्य व्यक्तिहरूमा सासको माध्यम वा अरु ती किटाणु युक्त ठाउँमा छोएपछि मात्रै सर्ने गर्छ ।

        कोरोनाभाइरसको यात्रा

        एकचोटी हामीले सास फेरेपछि भाइरस चाँडै हाम्रो घाँटी र नाकको पछाडिबाट शरीरतर्फ प्रवाहित हुन्छ । नाक र घाँटीको बीचमा रहेको लाइनलाई म्यूकोसा भनिन्छ । जब यो भाइरस हाम्रो नाकको पछाडि पुग्छ, यो नाकको पासवे सेलहरूमार्फत् भित्र जान्छ । यसरी भाइरसहरु भित्र पसेपछि सिधै फोक्सोमा पुगेर थप भाइरसहरु बढाउन सुरु गर्छन् । धेरै भाइरसहरु बढ्दै गएपछि फोक्सो लगायतले आफ्नो काम सही गतिले गर्न सक्दैन । ती भाइरसहरु ती मांसपेशीको नियमित काममा बाधा गर्ने खालका हुन्छन् ।

        यसरी हाम्रो नाक र घाँटीका कोषहरूको विनाश हुँदा सुख्खा खोकी र घाँटी दुख्ने समस्याहरु हुनेगर्छ । हामीले महसुस गरेको पीडाको संकेत यो हो कि हाम्रा सेलहरू समस्यामा छन् र नष्ट भइरहेका छन् ।

        त्यसपछि ज्वरो आउँछ

        यस समयसम्म हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले महसुस गरिसकेको हुन्छ कि आफ्नो शरीर भित्र नै अर्को कुनै शरीर छ । हामीले प्रतिरक्षा प्रणाली बढाउँदै लग्यौं भने भाइरस बिस्तारै कम हुँदै जान्छ । तर, हामीले प्रतिरक्षा प्रणाली बढाउँदै लैजान सकेनौं भने यसले हाम्रो शरीरका मांशपेशीहरुलाई अबरोध गरेर बिस्तारै यसले मृत्युको मुखमा पुर्‍याउने गर्दछ ।

        पायरोजेन्स भनिने रसायनहरू प्रतिरक्षा प्रणालीद्वारा उत्पादन हुन्छन् । यसले हाम्रो मस्तिष्कमार्फत् शरीरको तापक्रम बढाउन मद्दत गर्छ । जसले १००.४ डिग्री सेल्सियस वा त्योभन्दा उच्च ज्वरो आउनेगर्छ ।

        ज्वरोले शरीरको प्रतिरक्षा प्रणालीलाई कम गराउँछ र भाइरसको लागि प्रतिकूल वातावरण सिर्जना गर्छ । त्यहाँ एक तर्क आउने गर्छ कि ज्वरोले संक्रमणबाट बच्न मद्दत गर्छ । तर, आफैंले आफैंलाई अस्वस्थ महसुस गरेपछि आफैंमा हामीहरु कमजोर बन्ने गर्छौं ।

        जब जटिलताले घेर्दै जान्छ

        जहाँसम्म, केही व्यक्ति हुन्छन् जसको प्रतिरक्षा प्रणालीले छिटो प्रतिक्रिया दिन सक्दैन र भाइरस यस चरणपछि पनि जारी रहनेछ । जब भाइरस आफैंमा बृद्धि हुँदै जान्छ । यी व्यक्तिहरूको शरीरमा अधिक सेलहरू संक्रमित हुने गर्छन् । यसले फोक्सोको कोषहरूलाई आक्रमण गर्दैजान्छ । फोक्सोलाई अक्सिजन लिने र कार्बन डाइअक्साइड फ्याक्ने काममा यही कोषहरुले असर गर्ने गर्छ । तसर्थ, त्यही कोषहरुका कारण हामीलाई सास फेर्न नै गाह्रो महसुस हुने गर्छ ।

        त्यसैले, कोरोनाभाइरसको लक्षण पनि सास फेर्न कठिनाइ हुने समस्यासँग सम्बन्धित छ । किनकि हाम्रो सास फेर्नका लागि जिम्मेवार कोषहरू नै बिरामी भएका हुन्छन् ।

        जसरी कोभिड १९ भाइरसले फोक्सोको अधिक भागहरूमा आक्रमण गर्दछ । यही भाइरसका कारण तिनीहरू आफैंमा फुलेका हुन्छन् । फुलेको फोक्सोमा तरल पदार्थ भरिन सक्छन् । त्यसले हामीलाई निमोनिया गराउँछ ।

          सम्बन्धित समाचारहरु