श्रावण २४,२०७९ / ०२ : १८ अपरान्ह / 2022-08-09 02:18 pm

        तीन दिनयता चार लाखभन्दा बढीले छाडे राजधानी

        - २ वर्ष अगाडि
        चैत ८,२०७६

        काठमाडौं, कोरोना भाइरस (कोविड–१९) संक्रमणले विश्वभर महामारीको रूप लिएपछि यसको त्रासले राजधानीबाट बाहिरिनेहरू बढेका छन्। पछिल्लो तीन दिनयता चार लाखभन्दा बढीले सडक मार्ग हुँदै राजधानी छाडेका छन्।

        नेपाल यातायात व्यावसायी महासंघका महासचिव सरोज सिटौलाका अनुसार कोरोना संक्रमण त्रासले बुधबारयता चार–पाँच लाखले राजधानीबाट बाहिरिसकेकाे बताए।

        सामान्य अवस्थामा राजधानीबाट दैनिक ५० हजारको हाराहारीमा मानिसहरू बाहिरिने गरेको भए पनि पछिल्लो समय यो संख्या तेब्बर पुगेको छ। पछिल्लो समय दैनिक एक लाख ३० हजारदेखि एक लाख ५० हजार जतिले राजधानी छाड्ने गरेको महासचिव सिटौला बताउँछन्।

        कोरोना संक्रमणबाट सतर्कता अपनाउन भन्दै सरकारले चैत १० देखि लामो दूरीका यातायात बन्द गर्ने निर्णय गरेको छ।

          सम्बन्धित समाचारहरु