श्रावण २२,२०७९ / १० : ४३ अपरान्ह / 2022-08-07 10:43 pm

        कोरोनाविरुद्द युनाइटेड युथ क्लब

        - २ वर्ष अगाडि
        चैत ५,२०७६

        काठमाण्डौ , विश्वब्यापी रुपमा महामारिको रुप लिएको कोरोना भाईरसको जोखिम न्युनिकरण र सतर्कता अपनाउनको लागि स्याङ्जा जिल्लाको कालिगण्डकी गाउपालिका वडा न ३ सटुकाको युनाइटेड युथ क्लबले स्थानिय विद्यालय तथा गाउबासिलाई मास्क वितरण गरेको छ । 

        क्लबले कोरोनाको बिषयमा सटुकामा रहेका करीब ९० घरधुरिमा घरदैलो कार्यक्रम नै गरेर सचेतना दिदै ३ सय  वटा मास्क वितरण गरेको क्लबका अध्यक्ष बिमल पाण्डेय ले जानकारी दिएका छन । क्लबले वितरण गरेको मास्क र सचेतना पाएपछी समाजसेवी चेतनारयण पाण्डेयले कोरोना बिरुद्दको क्लबको काम सर्हानिय भएको भन्दै आगामी दिनमा पनि सामाजिक सेवामा क्लबको सकृयता बढ्नु पर्ने बताएका छन । 

        क्लबले श्री नारायणी आधारभुत विद्यालयमा अध्ययनरत ५० जना विध्यार्थी र ६ जना शिक्षकलाई पनि मास्क वितरण गर्दै कोरोनाबाट बच्ने उपायको बिषयमा सचेतना दिएको थियो ।  घर दैलो गर्दै मास्क वितरण गर्ने कार्यक्रममा गाउका समाजसेवी , बुद्दिजिबी तथा क्लबका सदस्यहरुको सहभागीता रहेको थियो ।  

        २०७० सालमा स्थापना भएको युथ क्लबले यस् भन्दा अगाडि पनि सामाजिक क्षेत्रमा कदम चाल्दै आएको थियो । 

          सम्बन्धित समाचारहरु