चैत १८,२०८२ / ०४ : ०४ अपरान्ह / 2026-04-01 04:04 pm
      • param ad
      • furniture
      • veera Incorporation

      कोरियामा शौचालयमा बेहोस भएका नेपालीको मृत्‍यु

      - ६ वर्ष अगाडि
      फागुन २८,२०७६

      वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका एक नेपालीको मृत्यु भएको छ।

      मंगलबार बिहान शौचालयमा बेहोस भेटिएका राईको उपचारका क्रममा कोरियाको सोल सिटीस्थित छनान अस्पतालमा मृत्यु भएको हो ।

      धनकुटा नगरपालिका–७ डाँडागाउँका ५४ वर्षीय उत्तरकुमार राईको स्वास्थ्य अवस्था सामान्य रहेपनि शौचालयमा बेहोस अवस्थामा भेटिएका थिए।

      बेहोस उनलाई कोरियामा रहेका नेपालीहरुले अस्पतालसम्म पुर्याएका थिए । तर, अस्पताल लगेको केहि समयमै मृत्यु भएको कोरियामा रहेका नेपालीहरुले बताएका छन् ।

      करिब १० वर्ष अघि कोरिया गएका राईको मृत्युको कारण भने खुल्न सकेको छैन।

        सम्बन्धित समाचारहरु