वैशाख ७,२०८१ / ११ : १० पूर्वान्ह / 2024-04-19 11:10 am
      • param ad
      • furniture
      • veera Incorporation

      जब एक नाबालकले दश लाख रुपैयाँ चोरी गरे

      - ४ वर्ष अगाडि
      फागुन २७,२०७६

      सुर्खेत, सुर्खेतमा एक नाबालकले साढे दश लाख रुपैयाँ चोरी गरेका छन्।

      जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर–६ खोक्रेलाईनका नन्दराम भण्डारीको घरबाट बालकले १० लाख ५० हजार रुपैयाँ चोरेका हुन्।

      घरमा कोही नभएको अवस्थामा घरको पछाडिको ढोकाबाट भित्र पसेर दराजको लक फोडेर १० लाख ५० हजार रुपैयाँ चोरी भएको जाहेरीका आधारमा नाबालकलाई पक्राउ गरिएको सुर्खेतका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवि रावलले जानकारी दिएका छन । 

      १ लाख २० हजार रुयैयाँ सहित पक्राउ परेका ति नाबालकको नाम भने गोप्य राखिएको छ।

      प्रहरीका अनुसार चोरीमा अन्य बालबालिका पनि संलग्न रहेको हुने सक्ने जनाएको छ।

      बालकले प्रहरीसँग चोरी गरेको पैसामध्ये आफूले ३ लाख रुपैयाँ मात्रै लिएको जनाएका छन्।

      चोरीमा संलग्न अन्य बालबालिकाको खोजी भइरहेको डीएसपी रावलले जानकारी दिए । 

        सम्बन्धित समाचारहरु