काठमाडौं, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले कोरोना भाइरसको सन्त्रास बढेको समयमा माक्समा कालोबजारी भएको पाइए पैसा नलाग्ने फोन नम्बर ११३७ मा खबर गर्न आग्रह गरेको छ ।
बजारमा मास्क नपाइने र पाइए पनि तोकिएको मुल्यभन्दा निकै महँगो मुल्य पर्ने गुनासो बढेपछि विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले उक्त पैसा नलाग्ने नम्बरमा फोन गर्न आग्रह गरेका हुन् ।
उनले कोरोना भाइरसको त्रास भइरहेका बेला मौकाको फाइदा छोप्दै ठगी गर्नेहरुलाई तीन लाख रुपैयाँसम्म जरिबाना तिराउने र मुद्दा चलाउने जानकारी दिए । माक्स लुकाएर मुल्य बढाउने केही ब्यापारीलाई कारवाही समेत गरिएको उनले जनाए ।
विश्वव्यापी रुपमा फैलिकएको कोरोना भाइरसको संक्रमणको त्रास बढेसँगै नेपाली बजारमा माक्सको कालोबजारी हुन थालेको छ । केही दिन यता बजारमा मास्क पाउन छाडेको तथा भएका माक्स पनि चर्को मुल्यमा बेच्ने गरेको जनगुनासो सँगै सरकारले निगरानी बढाएको छ ।