श्रावण २२,२०७९ / १० : १३ अपरान्ह / 2022-08-07 10:13 pm

        मास्कको कालोबजारी गर्ने ६ वटा फर्म कारबाहीमा

        - २ वर्ष अगाडि
        फागुन २२,२०७६

        काठमाडौ, नेपालमा समेत कोरोनाभाइरसको जोखिम भइरहेका बेला मास्कमा कालोबजारी गर्ने विभिन्न ६ वटा फर्मलाई सरकारले कारबाही गरेको छ ।

        मास्क, स्यानिटाइजर लगायतका मेडिकल सामग्रीको कालोबजारी गर्ने ६ वटा कम्पनी तथा बिक्रेता कारबाहीमा परेका हुन् ।

        वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा मास्क अभाव भएको गुनासोपछि गरेको बजार अनुगमनका क्रममा बुधबार काठमाडौंको क्षेत्रपाटीस्थित नेपाल केयर सर्जिकल सप्लायर्सलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।

        नेपाल केयरले मास्क भइभई पनि नभएको भन्दै कृत्रिम अभाव सृजना गर्दै बढी मूल्यमा विक्री गरेको पाइएको थियो ।

        यस्तै बिलबिना नै महँगोमा मास्क बिक्री गरेको आरोपमा सचिन ट्रेड कन्सर्नलाई १० हजार रुपैयाँ जरिबाना तिराइएको छ । अन्य ८ वटा फर्मलाई सचेत गराइएको विभागले जनाएको छ ।

        विभागले त्रिपुरेश्वरको खनाल सर्जरी सप्लायर्स, अर्चना सर्जिकल र फिस्टेल सर्जिकललाई पाँच हजार रुपैयाँका दरले जरिबाना तिराएको छ । यी विक्रेताले पनि बिलबिना नै महँगोमा मास्क, स्यानिटाइजर लगायतका सामग्री बेचेका थिए ।

        यसअघि सोमबार विभागले सोमबार त्रिपुरेश्वरकै स्वस्तिक सर्जिकल सप्लायर्सलाई २० हजार रुपैयाँ जरिबाना तिराएको जनाएको छ ।

          सम्बन्धित समाचारहरु