चैत १८,२०८२ / ०४ : ०२ अपरान्ह / 2026-04-01 04:02 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सडकबाट उद्दार गरिएका ७ जनाको मृत्‍यु

      - ६ वर्ष अगाडि
      फागुन १३,२०७६

      काठमाडौं, बेसहारा, अभिभावकविहीन, सडक आश्रित मानवमुक्त अभियानमा उद्धार गरिएकामध्ये सात जनाको मृत्यु भएको छ ।

      काठमाडौँ महानगरपालिकाले गत मङ्सिर २९ गतेबाट शुरु गरेको अभियानमा हालसम्म ७४९ को उद्धार गरिएको र तीमध्ये ५८८ जनालाई परिवारसँग पुनःमिलन गराइएको जानकारी गराएको छ ।

      मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले हालसम्मको अवधिमा ७४९ व्यक्तिलाई उद्धार गरिएको जानकारी दिए ।

      यीमध्ये ६९६ लाई काठमाडौँ महानगरपालिका क्षेत्रभित्रबाट र ५३ लाई अन्य नगरबाट उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये ७३ जनाको स्थायी ठेगाना कामपा हो । ४५ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

      उद्धार गरिएका व्यक्तिको अवस्था हेरेर स्क्रिनिङ सेन्टरमा कम्तीमा पाँच दिन र बढीमा ७० दिनसम्म राख्ने गरिएको छ । यसरी सडकबाट उठाइएका व्यक्तिमा १६ वर्षमाथि ४० वर्षभन्दामुनि पुरुष र महिला दुवै उमेर समूहका व्यक्ति बढी छन् ।

        सम्बन्धित समाचारहरु