चैत १८,२०८२ / ०४ : ०४ अपरान्ह / 2026-04-01 04:04 pm
      • param ad
      • furniture
      • veera Incorporation

      कोरोनाका कारण रोजगारका लागि कोरिया जानमा रोक

      - ६ वर्ष अगाडि
      फागुन १२,२०७६

      काठमाडौँ, कोरोना भाइरसको प्रकोप बढेसँगै वैदेशिक रोजगार विभागले नेपाली कामदारलाई दक्षिण कोरिया जान रोकेको छ ।

      दक्षिण कोरियाका दुई सहरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या अस्वाभाविक रूपमा बढेपछि विभागले नयाँ कामदार पठाउन रोक लगाएको हो ।

      कोरिया सरकारकै समन्वयमा नयाँ कामदार पठाउन रोकिएको विभागको कोरिया शाखा प्रमुख कृष्ण खनालले जानकारी दिए। उनका अनुसार फागुन १८ का लागि तय गरिएको उडान तालिका प्रभावित हुने भएको छ । फागुन १८ गते ४० जना नयाँ नेपाली कामदारलाई कोरिया पठाउँने तयारी थियो ।

      रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत गतसाता केही कामदार कोरिया गएका थिए। थप कामदार पठाउनेबारे कोरियाको सोलस्थित नेपाली दूतावास र मानव संसाधन विभागबीच समन्वय भइरहेको छ।

      नियमित प्रक्रियाअनुसार सहज वातावरण भएको भए यही साता झन्डै दुई सय कामदार कोरिया जान्थे। दुवै देशले अवस्थालाई निकै गम्भीरतापूर्वक हेरिरहेकाले कामदार जाने प्रक्रिया तत्काललाई रोकिने देखिएको विभागको कोरिया शाखा प्रमुख खनालले जानकारी दिए ।

        सम्बन्धित समाचारहरु