भाद्र १,२०७९ / ०३ : १९ पूर्वान्ह / 2022-08-17 03:19 am

        प्रधानमन्त्री ओली ६९ औं बर्षमा प्रवेश

        - २ वर्ष अगाडि
        फागुन ११,२०७६

        काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि ६९ औं बर्षमा प्रवेश गरेका छन् ।

        जन्मदिनलाई विशेष बनाउन प्रधानमन्त्री ओली आफू जन्मेकै स्थान तेह्रथुमको इवा जाँदैछन् । 

        तेह्रथुमको आठराईमा रहेको आफ्नो पुख्र्यौली घरमा प्रधानमन्त्री ओलीले जन्मदिन मनाउन लागेका हुन् ।

        आफ्नो जन्मदिन मनाउन इवा जान लागेका प्रधानमन्त्री ओलीले आफू जन्मिएको घरलाई दशैं अघि नै पुनर्निर्माण गर्न लगाएका थिए ।

        जन्मदिनको अवसरमा जन्मस्थल पुग्न लागेका ओलीको घरमा तेह्रथुम जिल्ला पार्टी कमिटीले विशेष कार्यक्रमको आयोजना गरेको छ ।

          सम्बन्धित समाचारहरु