चैत २२,२०८२ / ०६ : ३८ अपरान्ह / 2026-04-05 06:38 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राष्ट्रपति भण्डारीद्वारा ३२९ जना कैदीहरुको बाँकी कैद मिनाह

      - ६ वर्ष अगाडि
      फागुन ७,२०७६

      काठमाडौं , राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ जना कैदीहरुको बाँकी कैद सजाय मिनाह गरेकी छिन्।

      प्रजातन्त्र दिवसको उपलक्ष्यमा आज अर्थात फागुन ७ गतेदेखि लागु हुनेगरि राष्ट्रपति भण्डारीले ३२९ कैदीहरुको बाँकी कैद सजाय मिनाहा गरेकी राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।

      उनले नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ३२९ जना कैदीहरुको बाँकी सजाय मिनाहा गरेकी हुन्।

        सम्बन्धित समाचारहरु