श्रावण २२,२०७९ / ०९ : १३ अपरान्ह / 2022-08-07 09:13 pm

        आज प्रजातन्त्र दिवस , विविध कार्यक्रम गरी मनाइदै

        - २ वर्ष अगाडि
        फागुन ७,२०७६

        काठमाडौं, १०४ वर्षको राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।

        जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ । सरकारले प्रजातन्त्र दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ ।

        प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै अहिले हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल पाएका छौँ । प्रजातन्त्र दिवस मूल समारोह समितिले आज विहान सैनिक मञ्च टुँडिखेलमा औपचारिक समारोहको आयोजना गर्दैछ ।समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख लगायतको उपस्थिति रहनेछ ।

        यसैवीच प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत विभिन्न राजनीतिक दलका नेताहरुले प्रजातन्त्र दिवसको शुभकामना सन्देश जारी गरेका छन् ।

        पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना सन्देश जारी गर्दै प्रजातन्त्र शब्दमा नभइ कर्ममा र रुपमा नभइ सारमा झल्किनुपर्ने जनाएका छन् ।

          सम्बन्धित समाचारहरु