श्रावण २४,२०७९ / १२ : ४७ अपरान्ह / 2022-08-09 12:47 pm

        किन उड्छन् दैनिक पन्ध्र सय बढी नेपाली विदेश

        - २ वर्ष अगाडि
        फागुन ५,२०७६

        काठमाडौं, प्रधानमन्त्री केपी ओलीले दुवै संदनलाई सम्बोधन गर्नेक्रममा देशको आर्थिक बृद्धिदर उच्च रहेको बताए । प्रधानमन्त्री ओलीले देशमै रोजगारीमा बृद्धि भएको बताई रहदा देशका युवा÷युबतीख भने रोजगारीकै लागि विदेशिनेको लाईनमा रहेका छन् । देशमा पर्याप्त रोजगारको सृर्जना नहुदा वा पारिश्रमिक भने जस्तो नहुदा बैदेशिक रोजगारमा जानेको संख्या दैनिक रुपमा बृद्धि हुदै गएको छ ।

        आर्थिक वर्ष २०४७ सालमा निरपेक्ष गरिबीको रेखामुनी रहनेको संख्या, कूल जनसंख्याको ४२ प्रतिशत अर्थात ८० लाख जनसंख्या गरिबीको रेखामुनी रहेका थिए । आर्थिक बर्ष २०७६ को अन्त्यतिर जनसंख्याको १६ दशमलव ५ प्रतिशत अर्थात ४८ लाख गरिबीको रेखामुनी रहने अनुमान गरिएको छ । सरकारले देशको गरिवीको रेखामुनी रहेको स्तर बृद्धि भएको दाबी गरि रहदाँ देशबाट भने दैनिक १ हजार ५ सयभन्दा बढीको दरमा युवा÷युबतीहरु रोजगारीकालागि बिदेश जाने गरेका छन् । सरकारले स्वदेशमा रोजगारीको बृद्धि भई ३ प्रतिशतभन्दामाथी रहेको प्रधानमन्त्री ओलीले संसदमा जानकारी गराएका थिए । तर अवस्था त्यस्तो छैन । वि.स २०३८ सालबाट नेपालीहरु विदेशमा काम गर्न जान सुरु गरेका हो ।

        वि.स २०४२ सालतिर सरकारले नेपालीहरु काम गर्न विदेश जाने प्रक्रियालाई स्वीकार गर्दै यसलाई व्यवस्थित गर्दै बैदेशिक रोजगार ऐन र बैदेशिक रोजगारलाई मर्यादित बनाउनको लागि नियामक निकाय बैदेशिक रोजगार विभागको गठन गरेर विदेशमा कामकालागि पठाउन थालेदेखि अहिले लाखौ युवायुवतिहरु बैदेशिक रोजगारमा रहेका छन । अहिले कामका लागि विदेश जानेको संख्या प्रत्येक दिन १५ सयको हाराहारीमा रहेको छ । बैदेशिक रोजगार विभागका अनुसार अहिले विभिन्न देशमा गरेर ३५ लाखभन्दा बढीको संख्यामा नेपालीहरु काम गरिरहेका छन् । गत आर्थिक वर्षको तुलनामा यस वर्ष १५ दशमलव ७ प्रतिशत कम वैदेशिक रोजगारीमा गएको विभागको तंथ्याकमा छ । तर स्वदेशमा रोजगारीको अवसर सृजना भएकाले यो संख्या घटेको होइन । 

        मलेसियाको रोजगार बन्द हुँदा विदेशिनेको संख्यामा गिरावट आएको हो । बैदेशिक रोजगारी नेपालीहरुको बाध्यता रहेको छ । यसै बाध्यताको फाइदा उठाउदै रोजगार व्यवसायीहरुले भने ठगी गर्दै आएको छ । हरेक दिन २ अर्ब रेमिट्यान्ससँगै दुईभन्दा बढी शव भित्रने गरेको छ । ५ वर्षमा ४ हजारभन्दा बढी नेपाली युवाले विदेशमा रोजगारी गर्न जाँदा ज्यान गुमाए, ५ सय ४५ अर्काको देशको जेलमा यातना भोगिरहेका छन । तीमध्ये २५ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । २५ कामदार विदेशकै अस्पतालको कोमामा मृत्युसँग लडिरहेका छन । ३८८ कामदार कहाँ हराए कसैलाई पत्तो छैन, रेमिट्यान्सले देश चलाउन पल्केका राज्य सञ्चालकहरू युवालाई वैदेशिक रोजगारको भुंग्रोमा धकेलिरहेको छ भने सरकार स्वदेशमै रोजगारी पाएको झुटो विवरण सार्वजनिक गर्दै आएको छ । 

        पछिल्लो पाँच वर्षमा वैदेशिक रोजगारीमा गएका ४ हजार १ सय ५३ जना कामदारले विदेशी भूमिमा ज्यान गुमाएका छन । अहिले १५३ मुलुकमा वैधानिक रुपमा नेपाली कामदार गइरहेको बताइन्छ । वैदेशिक रोजगारीमा गएका १८ दशमलव ८ प्रतिशत घरपरिवारको आम्दानी विप्रेषण मात्र रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

          सम्बन्धित समाचारहरु