जेष्ठ १२,२०८३ / ०९ : ३५ पूर्वान्ह / 2026-05-26 09:35 am
      • param ad
      • furniture
      • veera Incorporation

      धार्मिक सम्मेलनमा दुई सहभागीको मृत्यु

      - ६ वर्ष अगाडि
      फागुन ५,२०७६

      सप्तरी, सप्तरीमा भएको मुस्लिम समुदायको धार्मिक सम्मेलनमा सहभागी हुन आएका दुई सहभागीको मृत्यु भएको छ ।

      जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार धार्मिक सम्मेलनमा सहभागी हुन आएका एक भारतीय र एक नेपालीको मृत्यु भएको हो । सम्मेलन स्थलमा शनिबार साँझ बेहोस भएका एक जना भारतीयको मृत्यु भएको थियो । भारत मोतिहारी जिल्लाका ७४ वर्षीय हारु रसिदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

      त्यस्तै बिरामी भएर घर फर्कदै गरेका एक नेपाली नागरिकको मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी तीलक भारतीले बताए। शनिबारदेखि सुरु भएको सम्मेलनमा करिब अढाइ लाख सहभागी छन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d