श्रावण २२,२०७९ / ०९ : १४ अपरान्ह / 2022-08-07 09:14 pm

        वुहानबाट १७५ नेपालीलाई उद्दार गरेको जहाज त्रिभुवन विमानस्थलमा अवतरण

        - २ वर्ष अगाडि
        फागुन ४,२०७६

        काठमाडौं, १७५ जना नेपालीलाई चीनको वुहानबाट उद्धार गरेर ल्याइएको छ। नेपाल वायुसेवा निगमको जहाजले उनीहरुलाई त्यहाँबाट ‘एयरलिफ्ट’ गरेको हो।

        कोरोना भाइरसको संक्रमण फैलिएपछि त्यहाँ रहेका १८५ जना नेपालीले स्वदेश फर्किन पाउँ भन्दै दूतावासमा निवेदन दिएका थिए। त्यसमध्ये ६ जनालाई स्वास्थ्य समस्या देखिएपछि विमानस्थलमै रोकिएको छ भने ४ जना स्वदेश फर्किन चाहेनन्।

        नेपालीहरुलाई लिएर वुहान विमानस्थलबाट उडेको नेपाल वायु सेवा निगमको जहाज आइतबार राति साढे ३ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो । १७० जना विद्यार्थी, दुईजना पर्यटक, दुई बालबालिका र एकजना कामदारको नेपाल ल्याइएको हो । 

        चीनबाट उद्धार गरिएका सबै र नेपालबाट लिन गएको चालक दल तथा स्वास्थ्यकर्मीसहितको टोलीलाई झन्डै दुई साता खरिपाटीस्थित क्वारेन्टाइनमा राखिनेछ। त्यसपछि स्वास्थ्य परीक्षण गर्दा स्वस्थ देखिएमात्र उनीहरु आफ्नो घर जान पाउनेछन्।

          सम्बन्धित समाचारहरु