जेष्ठ १२,२०८३ / ०९ : ३६ पूर्वान्ह / 2026-05-26 09:36 am
      • param ad
      • furniture
      • veera Incorporation

      भारत र पाकिस्तानभन्दा पनि महँगो नेपालको बसाइ

      - ६ वर्ष अगाडि
      माघ २७,२०७६

      बस्नका लागि नेपाल दक्षिण एसियाली मुलुक भारत र पाकिस्तानभन्दा पनि महँगो रहेको पाइएको छ । सीईओ वर्ल्ड बिजनेस म्यागेजिनका अनुसार विश्वकै महँगो देशमा नेपाल १ सय २२ औं स्थानमा परेको हो । नेपाल भन्दा बस्नका लागि कम लागत लाग्ने मुलुकमा भारत भारत १ सय ३०औं र पाकिस्तान १ सय ३२औं मा परेका छन् । त्यस्तै श्रीलंका १ सय १२औं महँगो मुलुक भएको छ।

      विश्वकै महँगो मुलुकमा स्विट्जरल्यान्ड परेको छ। दोस्रो स्थानमा नर्वे र तेस्रोमा आइसल्यान्ड छन् । किराना, लत्ता कपडा र ट्याक्सीको भाडालगायतका विभिन्न वस्तुको मूल्यका आधारमा पहाडी मुलुक स्विट्जरल्यान्ड विश्वकै महँगोमा परेको हो। दोस्रो स्थानमा नर्वे र तेस्रोमा आइसल्यान्ड रहेका छन् ।

      शीर्ष महँगा १० मुलुकको सूचीमा डेनमार्क लक्जेम्बर्ग, जापान, बहमास, इजरायल, सिंगापुर र दक्षिण कोरिया परेका छन् । अमेरिका विश्वकै २० औं महँगो मुलुक भएको छ । बेलायत २७ औं स्थानमा रहेको छ। 

      विज्ञहरूले आवास, पोसाक, ट्याक्सीको भाडा, युटिलिटी, इन्टरनेट, किराना सामग्रीको मूल्य, यातायात र बाहिर खाने लगायतका विभिन्न आधारमा महँगो मुलुकको सूची तयार पारेका हुन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d