चैत २२,२०८२ / ०६ : ३९ अपरान्ह / 2026-04-05 06:39 pm
      • param ad
      • furniture
      • veera Incorporation

      पोखरामा चितुवाको आक्रमणबाट सात वर्षीय बालिकाको मृत्यु

      - ६ वर्ष अगाडि
      माघ २४,२०७६

      पोखरा महानगरपालिकाको वडा नम्बर ३२ स्थित कोठे गाउँकी  एक बालिकाकाे चितुवाको आक्रमणबाट मृत्यु भएको छ ।  सात वर्षीय बालिका पुजा विकलाई चितुवाले आक्रमण गरेको वडा नम्बर ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले जानकारी दिएका छन ।

      उनका अनुसार विहीबार साँझ ६ बजेको समयमा छिमेकीको घरबाट खेलेर फर्कने क्रममा हराएकी बालिकाको खोजतलास गर्ने क्रममा नजिकै जंगलमा चितुवाले खाएको अवस्थामा राती ९ बजे शव भेटिएको हो । बालिकाको खुट्टा र टाउको बाहेक अरु सबै अंग चितुवाले खाएको अवस्थामा शव भेटिएको उनले बताए ।    

      चितुवाले बालिका खाएपछि स्थानीय त्रासमा छन् । गाउँको वरपर जंगल रहेकाले घटना दोहोरिन सक्ने भन्दै गाउँले त्रासमा रहेका वडाध्यक्ष कार्कीले बताए । 

        सम्बन्धित समाचारहरु