भाद्र १,२०७९ / ०४ : ०६ पूर्वान्ह / 2022-08-17 04:06 am

        अछाममा वडाध्यक्ष मृत भेटिए

        - २ वर्ष अगाडि
        माघ २१,२०७६

        अछाममा एक वडाध्यक्ष मृत अवस्थामा भेटिएका छन् । अछामको पन्चदेवल नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी घरको गोठमा मृत अवस्थामा भेटिएका हुन् ।

        गाई भैसी बाध्ने गोठ भित्रै शव भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता इन्स्पेक्टर रमेश अवस्थीले जानकारी दिएका छन । उनका अनुसार शव प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाका विषयमा अनुसन्धान सुरु गरिएको छ ।

        हत्या नै भएको हो वा कालगतिले मृत्यु भएको भन्ने विषयमा शव परिक्षण गरेपछि मात्रै भन्न सकिने अवस्था रहेको उनले बताए । स्थानीय र मृतक वडाध्यक्षका आफन्तले भने हत्या नै भएको हुन सक्ने दाबी गरेका छन् ।

        मंगलबार बिहान आफन्तले घरमा नभेटेपछि वडाध्यक्ष धामीको खोजी गरेका थिए । खोजीका क्रममा उनको शव गोठमा भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । धामी नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

          सम्बन्धित समाचारहरु