जेष्ठ १२,२०८३ / ०९ : ३६ पूर्वान्ह / 2026-05-26 09:36 am
      • param ad
      • furniture
      • veera Incorporation

      सरकार नै घाती - पाएनन उखु किसानले बक्यौता रकम , पुनः आन्दोलनका कार्यक्रम घोषणा

      - ६ वर्ष अगाडि
      माघ २०,२०७६

      सर्लाही, चिनी उद्योगले सरकारसँग गरेको प्रतिवद्धता अनुसार रकम भुक्तानी नगरेपछि सर्लाहीका उखु किसानले पुनः आन्दोलनको घोषणा गरेका छन्। उखु किसान संघर्ष समितिले एक विज्ञप्ती जारी गरी पुनः तेश्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

      उखु मिलहरुबाट पाउनुपर्ने रकम र अनुदान रकम सरकारले माघ ७ गतेभित्र भुक्तान गराउने सहमति गरे पनि रकम नपाउँदा आफुहरु पुनः आन्दोलनमा उत्रन बाध्य भएको विज्ञप्तिमा जनाइएको छ ।

      समितिले फागुन मसान्तसम्म किसानहरुले पाउनुपर्ने रकम भुक्तानी नपाए चैत्र ४ गतेदेखि पुनः राजधानी केन्द्रित आन्दोलन थाल्ने चेतावनी दिएको छ।

      उनीहरुले माघ १९ गतेदेखि नै गाउँ गाउँमा पुगी किसानहरुले पाउनुपर्ने बक्यौता रकमको विवरण संकलन गर्ने, एक छाक मात्र खाना खाई खेतमा काम गर्ने, जागरण अभियान चलाउनेदेखि माइतीघर मण्डलामा रिले अनसन थाल्नेसम्मका कार्यक्रम सार्वजनिक गरेका छन्।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d