चैत २२,२०८२ / ०६ : ३७ अपरान्ह / 2026-04-05 06:37 pm
      • param ad
      • furniture
      • veera Incorporation

      भारतद्वारा सुर्यबहादुर थापा प्रतिष्ठानलाई एम्बुलेन्स प्रदान, नाति सिद्वार्थद्धारा साँचो ग्रहण

      - ६ वर्ष अगाडि
      माघ १३,२०७६

      काठमाडौं, भारतले आफ्नो ७१ औं गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न संघरसंस्थालाई एम्बुलेन्स र बस प्रदान गरेको छ । 

      आईतबार काठमाडौं स्थित भारतीय दूतावासमा आयोजित कार्यक्रममा विभिन्न जिल्लाका अस्पताल, परोपकारी संघ संस्था र शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स र ६ वटा बस प्रदान गरिएको हो । 

      यस्तै सूर्यबहादुर थापा प्रतिष्ठान लाई भारत सरकारले  गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा स्वर्गीय सूर्यबहादुर थापाको सम्झानामा स्थापित सूर्यबहादुर थापा प्रतिष्ठान लाई कदर गर्दै एम्बुलेन्स हस्तान्तरण गरेको छ । 

      /pagegallery/2020012738.jpg

      उक्त कार्यक्रममा स्वर्गीय थापाका नाति तथा संविधानसभाका सदस्य एंव पुर्व मन्त्री माननीय सुनिल बहादुर थापाका सुपुत्र सिद्वार्थ थापाले एम्बुलेन्सको साँचो ग्रहण गर्नु हुँदै भारत सरकार को यो प्रशंसनीय कार्यका लागि प्रतिष्ठानका तर्फ वाट भारतीय सरकार तथा भारतीय राजदुतावास लाई हार्दिक धन्यवाद प्रकट गर्नु भएको थियोे । उक्त एम्बुलेन्स धनकुटाको ग्रामीण क्षेत्रका बिरामीको सेवामा प्रयोग गरिने थापाले बताउनुभयो । 

      /pagegallery/2020012797.jpg

        सम्बन्धित समाचारहरु