जेष्ठ १२,२०८३ / ०९ : ३७ पूर्वान्ह / 2026-05-26 09:37 am
      • param ad
      • furniture
      • veera Incorporation

      अमेरिका पुगेका नेपालीले किन गर्छन् आत्महत्या ?

      - ६ वर्ष अगाडि
      पौष २४,२०७६

      काठमाडौँ, सपनाको देश अमेरिकामा सबैको सपना पूरा हुन सम्भव छैन । जो सपनाको भारी बोकेर आउँछन्, त्यही भारीले थिचिएर मानसिक तनावमा पुग्छन् र आत्महत्याको बाटो रोज्छन् ।

      यकिन आँकडा भेटिन्न। तर, सार्वजनिक भएका घटनाहरु हेर्ने हो भने अमेरिका आएर आत्महत्या गर्ने नेपालीको संख्या झण्डै एक दर्जन हाराहारी पुगिसक्यो । 

      दुई वर्षयता सानफ्रान्सिस्को बे एरियामा मात्र पाँच जना नेपालीले आत्महत्या गरिसकेका छन् । अमेरिकामा आत्महत्या गर्ने अधिकांश झुन्डिने गरेका छन्। कोह समुन्द्रमा हाम फाल्छन् भने कोही अग्लो अपार्टमेन्टबाट हामफाल्ने गरेका छन् ।

      आत्महत्या गर्नेमा विद्यार्थी मात्र नभएर अमेरिकामा नै कानुनी रुपमा बसोबास गरिरहेकादेखि सम्पन्न जीवनको कल्पना गर्दै पैसा तिरेर अमेरिका प्रवेश गर्नेहरु पनि छन् । अमेरिकामा हुने अधिकांश आत्महत्याको कारण एक्लोपना देखिए पनि नेपालीको हकमा भने आर्थिक समस्या मुख्य देखिएको छ ।

      आत्महत्या गर्ने अधिकांश मानव तस्करको सहयोगमा स्थलमार्ग हुँदै अमेरिका पुगेकाहरु देखिन्छन् । ज्यानै जोखिममा पारेर लामो दुरी पार गरेर आउनेहरु ऋणको भारी बोकेर आइपुगेका हुन्छन् । बाटोमै उनीहरु मानसिक रुपमा विक्षिप्त भइसकेका हुन्छन् ।

      अवैद्य रुपमा अमेरिका प्रवेश गरेसँगै कानुनी झन्झट सुरु हुन्छ । एकातिर ऋण र व्याजको भारी, अनिश्चित भविष्य अनि कमजोर मानसिक अवस्थाका कारण उनीहरुले आत्महत्याको बाटो रोज्ने गरेको देखिन्छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d