जेष्ठ १२,२०८३ / ०९ : ३६ पूर्वान्ह / 2026-05-26 09:36 am
      • param ad
      • furniture
      • veera Incorporation

      चाडपर्वको बेलामा सवारी साधनहरूको रुट इजाजत खुला गरिने

      - ६ वर्ष अगाडि
      असोज ५,२०७६

      काठमाडौं, नेपालीका महान चार्ड दशैँ, तिहार, छठलगायतको अवसरमा मुलुकभर नै सवारी साधनहरूको रुट इजाजत खुला हुने भएको छ ।

      सीमित रुट इजाजत पाएका सवारी धनीले यस वर्षको चाडपर्वमा मुलुकभर आफ्नो सवारी साधन चलाउन पाउने भएका छन् ।

      यो वर्ष चाडपर्वको समयमा सवारी साधनको रुट इजाजत खुला गरिनेबारे गृहकार्य भइरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताएका छन  । 

      उनका अनुसार दशैँ, तिहार गरी एक महिनासम्म सवारी साधनलाई मुलुकभर रुट इजाजत खुला गरिनेछ । सरकारको यो निर्णयसँगै एउटा रुट अनुमति पाएको सवारी साधनले बिना रोकटोक र अवरोध मुलुकका जुनसुकै रुटमा चलाउन पाउने छन् ।

      त्यस्तै सवारी साधनको अग्रिम टिकट बुकिङ असोज ५ देखि खुला गरिएको छ । 

      विगतमा चाडपर्वका बेला सवारी साधनले यात्रुसँग निर्धारितभन्दा बढी भाडा लिने गरेको पाइए पनि यो वर्ष त्यस्तो कुनै घटना नहुने यातायात व्यवस्था विभागले डाबी गरेको छ । यदी बढी भाडा लिएको भेटिएमा यो वर्ष सोही स्थान मै कारबाही गर्ने अधिकारसहितको अनुगमन समिति बनाइएको र सम्पूर्ण जिम्मेवारी दिइएको विभागले जनाएको छ । 

      विभागका अनुसार यात्रु ठग्नेलाई जरिवाना गरी लिएको बढी भाडा फिर्तासमेत गराइने छ । यातायात व्यवस्था ऐनअनुसार बढी भाडा लिने सवारी साधनलाई पाँच हजार रुपियाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d