जेष्ठ १२,२०८३ / ०९ : ३८ पूर्वान्ह / 2026-05-26 09:38 am
      • param ad
      • furniture
      • veera Incorporation

      सर्पको उद्दार गर्दा मिलेको खुशी

      - ६ वर्ष अगाडि
      भाद्र ३१,२०७६

      चितवनको भरतपुरस्थित लकुंमा बस्ने ४० बर्षीया यमलाल भण्डारीले आफू सर्प संरक्षक बनुला भनेर कहिले सोचेका थिएनन् । तर, ४ वर्ष अघिको एउटा घट्नाले उनलाई सर्प संरक्षकका रुपमा स्थापित गराउन सफल भएको छ । 

      लकुंमा पार्टी प्यालेस चलाउँदै आएका भण्डारीले जसरी सर्प उद्धार गर्दै हिँड्न त टाढाको कुरा, मानिसहरु नजिक पर्न समेत डराउँछन् । बस्ती वरीपरी देखिने सर्पको उद्धार गरी सुरक्षित ठाउँमा लगेर छाड्दै आएका उनले ज्यानको कुनै प्रवाह गर्दैनन् । ज्याननै जान सक्ने जोखिमपूर्ण काम गरेको भन्दै उन्लाई परिवारकोपनि साथ छैन । तर, पनि सर्पको उद्धार गर्दा भण्डारी सन्तुष्टि भएको महसुस गर्छन् । 

      परिवारको चिन्तालाई वेवास्ता गरेर हिँडेका भण्डारीले सर्प उद्धार गर्न पूर्व परिस्थितिको राम्रोसँग अध्ययन गर्छन् । विषालु सर्पका कारण हुने जोखिम न्युनीकरण गर्दै आएका उनी जिल्लाभरी स्वयंसेवकका रुपमा मानिसका घरमा भेटिने सर्पको उद्धार गर्दै हिड्छन् ।

      विश्वमा हालसम्म करीब २ हजार ९ सय प्रजातिका सर्प पाएका छन् । त्यसमध्ये नेपालमा करिब ८० देखि ८९ प्रजातिका सर्प पाइन्छ भन्ने जीवशास्त्रीहरू को अनुमान छ । संसारमा पाइने २ हजार ९ सय प्रजातिका सर्प मध्ये केवल ७ सय ५० मात्र विषालु छन् । अझ त्यसमा पनि केवल २ सय ५० प्रजातिका सर्प मानिसका लागि खतरनाक मानिन्छन् । नेपालमा पाईने सर्प मध्ये २० प्रजाति मात्र विषालु हुन्छन् । ति मध्ये कोब्रा, करेत र दुई प्रजातिका भाइपर गरी केवल चार प्रजातिका सर्प मात्र मानिसका लागि खतरनाक मानिन्छन् । त्यसैले सर्प देख्नासाथ त्रसित हुनु आवश्यक छैन तर सतर्क भने हुनैपर्ने भण्डारीको भनाइ छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d