मंसिर १९,२०७६ / ०९ : ४८ अपरान्ह / 2019-12-05 09:48 pm

        छाडा चौपायाका कारण जनतालाई सास्ती

        - ३ हप्ता अगाडि
        भाद्र २२,२०७६

        धर्मको नाममा देशका विभिन्न धार्मीक स्थलमा छाडा छोडीएका पशु चैपायका कारण देशभरका धार्मीक स्थलकाका आसपासका जनताले हैरानी खेप्नु परेको छ । त्यस्तै गुल्मीको र्एतीहासीक धार्मीक क्षेत्र रुरु क्षेत्रधाममा छोडीएका छाडा पशु चौपाएका कारण स्थानीयहरु समस्यामा पदै आएका छन् ।

         गुल्मीको ऐतिहासीक रुरु क्षेत्रधाममा छाडा छोडीएका पशु चौपायलाई  व्यवस्थापन गर्न नसक्दा रिडि बजारका स्थानीय व्यवसायी तथा सवारी साधन आवतजावतमा समस्या पदै आएको छ । वडा नम्वर एकस्थित रिडी बजारमा अहिले छाडा छोडीएका पशु चौपाए स्थानीय व्यवसायीहरुका नीम्ती टाउको दुखाईको विषय बनेको छ । 

        छाडा छोडीएका पशुचौपायले व्यवसायीलाई मात्र नभई सवारी आवागमनमा पनिसमस्या पार्नुका साथै दुर्घटना समेत निम्ताएको छन् । त्यस क्षेत्रमा करिव २०० देखी २५० सम्म गाईको सङख्या रहेको स्थानीयको आंकलन छ । 

        धार्मिक परम्परा अनुसार गाई लाई छाडा छोडनुका साथै आफ्नो स्वास्र्थको लागी जर्सी गाई पाल्ने र बाच्छा रिडीमा ल्याएर छोडीदिने प्रविृतीलाई स्थानीय सरकारले रोक्न नसक्दा समस्या थप जटिल बनेको हो । स्थानीयलाई रातदिन पशु चौपायले सताउदा समेत स्थानीय सरकारले कुनै योजना बनाउन सकेको छैन ।

        स्थानीय सरकार संग कुनै ठोस योजना नभए पनी तर स्थानीय एक एकल महिलाको कार्य भने निकै प्रशसनीय रहेको पाईएको छ । सवारी साधनले ठक्कर दिएर घाईते भएका पशु चौपायालाई आफले एक छाक खाएर भए पनी पशुचौपायको हेरचाह गरेकी छिन् । 

        यि एकल महिलाको उदाहरणीय कार्यलाई सबै रिडी बासीले आत्मसात गर्ने हो भने समस्या पक्कै पनी कम हुने थियो । साथै स्थानीय सरकारले पनी  छाडा छोडीएका पशु चौपायको व्यवस्थापन गर्न तर्फ समयमै ध्यान दिनु पर्न देखीन्छ ।

          सम्बन्धित समाचारहरु