जेष्ठ १२,२०८३ / ०९ : ३६ पूर्वान्ह / 2026-05-26 09:36 am
      • param ad
      • furniture
      • veera Incorporation

      २९९ घरलाई जबरजस्त ७ करोड ऋण बोकाउने कलवार पक्राउ

      - ६ वर्ष अगाडि
      भाद्र १६,२०७६

      सर्लाही , ऋण दिएर स्थानीयलाई ठगेको आरोपमा सर्लाहीका श्यामकृष्ण साह कलवार (परदेशी)लाई प्रहरीले आइतबार पक्राउ गरेको छ । ऋण दिएको भन्दा धेरै गुणाको तमसुक बनाउदै ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन । 

      पक्राउ परेका कलवारमाथि अनुसन्धान गरी ठगी मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए । उनले ऋण सर्लाहीका गरिब तथा निमुखाहरु ठगिएको भन्दै काठमाण्डौ आएर एक हप्तासम्म न्याय खोज्दै विभिन्न नेताहरुलाई भेट्न पुगेका थिए ।   

      कलवारमाथि स्थानीय २९९ जनालाई एक करोड ९ लाख ५१ हजार ऋण दिएर । ७ करोडभन्दा बढीको  तमसुक गरेको आरोप छ । न्याय खोज्दै पीडित काठमाडौं आएपछि घटना बाहिरिएको थियो । पीडितले ऋण बुझाइसक्दा पनि अनावश्यक तनाव दिएको आरोप लगाएका छन् ।  

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d