जेष्ठ १२,२०८३ / ०९ : ३६ पूर्वान्ह / 2026-05-26 09:36 am
      • param ad
      • furniture
      • veera Incorporation

      दिदी र बहिनी बलात्कारको आरोपमा दुई पक्राउ

      - ६ वर्ष अगाडि
      भाद्र १०,२०७६

      ललितपुर , बहिनीलाई बलात्कार गरेको आरोपमा १६ वर्षीय एक किशोर पक्राउ परेका छन्। त्यस्तै दिदीलाई बलात्कार गरेको आरोपमा १३ वर्षीय भाइ पनि पक्राउ परेका छन्। 

      घरमा कोही नभएका बेला ‘बाबा ममी र छोराछोरी खेल’ खेल्ने भन्दै १६ वर्षीया दिदी र ८ वर्षीया आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा दुबै जनालाई आइतबार ललितपुर प्रहरीले पक्राउ गरेको छ। 

      यिनै दुई बालिकालाई बलात्कार गरेको आरोपमा अन्य दुईजनालाई समेत प्रहरीले पक्राउ गरेको छ । जेठ २९ गते भारतीय नागरिक ३५ वर्षीय सञ्जय मण्डलले पीडित मध्ये एक बालिकालाई कोठामा बोलाएर बलात्कार गरेपछि यो घटना बाहिरिएको थियो। 

      मण्डललाई पक्राउ गरेपछि प्रहरीले पीडित बालिकासँग सोधपुछ गरेको थियो। पीडित बालिकाले आफूहरुलाई आफ्नै दाइ र भाइले पनि बलात्कार गरेको खुलासा गरेपछी प्रहरीले दाइ र भाइलाई समेत पक्राउ गरेको हो।    

      तिनै १६ वर्षीया बालिकाले आफूलाई मोरङ पथरी घर भएका १९ वर्षीय विकेश खड्काले पनि पटकपटक बलात्कार बताएकी छन्। खड्कालाई पनि प्रहरीले पक्राउ गरिसकेको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।  

      सातदोबाटो वृत्तमा आइतबार चारैजनाविरुद्ध जाहेरी परेको छ। आरोपी खड्काले दुबै बालिकालाई टीभी हेर्ने बहानामा कोठामा लगेर जबरजस्ती करणी गरेको ललितपुर प्रहरीसमक्ष पीडितले दिएको जाहेरीमा उल्लेख छ। 

      प्रहरीका अनुसार पैसा दिने भन्दै प्रलोभनमा पारेर बलात्कार गरेको बताए पनि यस विषयमा बालिका खुलेर बोल्न सकेकी छैनन्। बलात्कारमा संलग्न पीडितका दाइभाइलाई बाल हिरासतमा राखेर अनुसन्धान गरिने बुझिएको छ भने उनीहरुलाई हाडनाता करणीको मुद्दा चलाउने गरी छानबिन सुरु भएको छ। 

      उमेर पुगेका मण्डल र खड्काको हकमा भने जबरजस्ती करणी अन्तर्गत मुद्दा चलाइनेछ ।  

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d