वैशाख ७,२०८१ / १० : ०८ पूर्वान्ह / 2024-04-19 10:08 am
      • param ad
      • furniture
      • veera Incorporation

      यौन दुराचारको सिकार हुँदै बालगृहका बालबालिकाहरु

      - ४ वर्ष अगाडि
      भाद्र ६,२०७६

      आमा बाबु गुमाएर एक्लै परेका बालबालिको स्याहार गर्ने र पढाइ दिने भन्दै खोलिएका बालगृहहरु बालबालिकाका लागि असुरक्षित बन्न थालेका छन् । भविष्य बनाइदिन्छु भन्दै ल्याउने तर पठन पाठन त परको कुरा उल्टै दुव्यबहार गर्ने पद्धति बढेसँगै बालगृह बालबालिका लागि असुरक्षित बन्न थालेका हुन् । जुन कुरा पछिल्लो पटक कारबाहीमा परेका ४ बालगृहको अवस्था हेर्दा प्रस्ट हुन्छ । 

      विभिन्न अध्ययनहरुले देखाएअनुसार सय भन्दा बढि बालगृहमा बालबालिकाको अवस्था दयनीय छ । कतिपय बालबालिकालाई स्कूल नै पठाइएको छैन् । खान समेत गतिलो दिइदैन् । विरामी हुँदा समेत अस्पताल नलगिएको घटनासमेत भेटिएको छ । यतिमात्रै होइन केहि बालगृहमा त यौन दुव्र्यबहारको घटनासमेत भएको पाइएको छ । 

      तर यसको नियमित अनुगमन गर्ने काम समेत भएको पाइदैन् । जसका कारण यस्ता बालगृहमा बालबालिकामा माथि हुने दुव्र्यवहार बढ्दै गएको छ । बालबालिकालाई व्यापार गर्ने बस्तु बनाउन खोजिएकै कारण बालगृहको अवस्था बिग्रिदै गएको बाल हेल्पलाइनका प्रमुख सागर भण्डारी बताउँछन् । 

      केहि बालगृहले त बालबालिका स्याहारका नाममा गाउँबाट ल्याएर अन्तै बेच्ने गरेको समेत आशंका गरिएको छ । जुन आशंका स्वयम महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका अधिकारीहरुले गरेका हुन् । मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसालका अनुसार बालगृहबाटै बालबालिका बेचिनेसम्मको जोखिम देखिएको छ । अझै गाउँबाट सहर ल्याइदिने बिचौलियाहरुले बिचबाटो बाटै बेच्ने गरेको समेत पाइएको छ। जसको खोजी र अनुसन्धान भइराखेको उनले बताए । 

      अध्ययनहरुले के पनि देखाएको छ भने बालगृहमा बालिकाहरु ज्यादा असुरक्षित हुने गरेका छन् । १८ वर्षसम्म राख्न सकिने भएकाले त्यो उमेरसम्म बालिका शारीरिक बनावटमा ठूली देखिन्छन् । यस्तो अवस्थामा बालिकाहरू बालगृहमै आश्रित बालक, सञ्चालक, र कर्मचारीबाटै यौन हिंसामा पर्ने गरेको पाइएको छ । तर यसतर्फ सम्बन्धीत निकायले ध्यान दिइएको छैन् । अझै अनुगमन समेत नियमित रुपमा गरेको छैन् । 

      किन यस्तो भन्ने प्रश्नमा– मन्त्रालयका उपसचिव भुसाल भन्छन्– हिजो सकिएन अब आक्रामक रुपमा गर्छौ । तपाईहरुले रिजल्ट देख्न पाउनु हुनेछ ।

      मन्त्रालयका अधिकारीले अब गर्छौ भने पनि अहिलेसम्मको सुस्तताका कारण धेरै बालबालिका अत्यन्त कष्टरकरसँग बाल आश्रममा बस्दै आएका छन् । कयौं बालबालिका दुव्र्यबहार सहन बाध्य भएका छन् भने केहि त बेचिएका समेत छन् । सरकारी निकाय निरिह बनिदिदा समाजसेवाको खोल ओढेर बालबालिको नाममा व्यापार गर्नेहरु पनि बढ्दै गएका छन् । जसले गर्दा बालगृह बालबालिकाका लागि आश्रय स्थल भन्दा जोखिमपूर्ण स्थान बन्ने खतरा बढ्दै गएको छ । 

        सम्बन्धित समाचारहरु