श्रावण २२,२०७९ / ०९ : ५६ अपरान्ह / 2022-08-07 09:56 pm

        पत्रकार डेभिडले बिरामीलाई १ लाख २३ हजार रकम हस्तान्तरण गर्दै मनाए जन्मदिन

        - २ वर्ष अगाडि
        श्रावण २३,२०७६

        पत्रकार डेभिड पाण्डेयले आफ्नो जन्मदिनमा ब्रेन ट्युमर भएका बिरामीलाई १ लाख २३ हजार रुपैया हस्तान्तरण गरेर मनाएका छन ।  

        ब्रेन ट्युमर भएर उपचार गराइरहेका हरी भुसालका लागि जापान र अस्ट्रेलियाबाट आएको १ लाख २३ हजार रुपैयाँ पत्रकार डेभिड पाण्डेयले आफ्नो जनमदिनमा हस्तान्तरण गरेका हुन ।  

        पाल्पा जिल्ला बगनासकाली गाउपालिका वडा न ८ भएका हरी भुसाल बिगत तीन महिना देखी उपचाररत छन । पारिवारिक स्थिती कमजोर भएका भुसाललाई उपचार लागि रोजगारिका लागि जापान र अस्ट्रेलिया पुगेका नेपालीले सहयोग गरेका हुन । 

        भुसालको दुई पटक अप्रेसन भईसकेको छ । बिरामी भुसालका ३ छोरी , श्रीमती र आमा हुनुहुन्छ । उनको नियमित रुपमा स्वास्थ्य स्थिती चेकजाच गरिरहनु पर्ने परिवारले जनाएको छ ।     

        करीब ५५ दिन वीर अस्पतालमा उपचार गराएका भुसालको पारिवारिक स्थिती कमजोर भएको थाहा पाएपछी पत्रकार तथा समाजसेवी डेभिड पाण्डेय अस्पताल पुगेर सहयोगको अपिल गर्दा समाचार तथा भिडियो प्रकाशन प्रसारण गरेका थिए । 

        त्यही भिडियो र समाचारलाई आधार मानेर जापानमा रहेका बग्नासकाली गाउपालिकाका प्रेम बश्याल र रामु घिमिरेले हरी भुसालको लागि सहयोग रकम संकलन गरेका थिए । सोही अभियानबाट जम्मा भएको रकम डेभिड पाण्डेयले बिरामी हरी भुसाल कै घरमा गएर हस्तान्तरण गरेका हुन ।  

        यस अगाडि पनि डेभिडले कोरियाबाट आएको १ लाख ३ हजार ६ सय ५० रुपैया बिरामी कै घरमा गएर सहयोग गरेका थिए ।  

          सम्बन्धित समाचारहरु