जेष्ठ १२,२०८३ / १० : ३३ पूर्वान्ह / 2026-05-26 10:33 am
      • param ad
      • furniture
      • veera Incorporation

      बालयौन दुराचारी कारबाहीमा २५ हजार क्षतिपूर्ति भराउन आदेश

      - ६ वर्ष अगाडि
      श्रावण २०,२०७६

      काठमाडौं, ललितपुर जिल्ला अदालतले बालयौन दुराचारमा संलग्न भएको आरोपमा एक भारतीय नागरिकलाई ११ वर्ष कैद सजाय सुनाएको छ ।

      न्यायाधीस चुरामन खड्काको एकल इजलासले बिहार सितामणी स्थायी घर भई हाल पीडितको घर छेउ डेरा गरी बस्ने किशोर दासविरुद्ध उक्त कसुरमा यस्तो सजाय सुनाएको हो ।

      इजलासबाट उक्त कसुरमा कैद सजाय निर्धारणका साथै पीडितलाई २५ हजार क्षतिपूर्ति भराउने आदेश भएको अदालतका श्रेष्तेदार नगेन्द्र कुमार कालाखेतीले बताउनुभयो ।

      महालक्ष्मी नगरपालिका–९, लामाटारमा घटेको घटनाअनुसार गत साल(२०७५) चैत्र २२ गते साँढे १२ बजेतिर पीडक दासले पीडितको घरमा कोही नभएको बेला १७ वर्षीया बालकलाई ललाईफकाई यौन दुराचार गरेका थिए ।

      सानैदेखि अपांगता भएका उनी बोल्न र लेखपढ गर्न समेत नसक्ने परिवारले बताएको छ । उनलाई पटकपटक गरी ५ पटकसम्म दुराचार गरेको दासले अदालतसामु स्विकारेका थिए । घर बनाउने मिस्त्री काम गर्दैआएका उनले पीडितको घरमा प्लाष्टर गर्ने काम गरेदेखि नै यस्तो दुराचार गर्दै आएको स्विकारेका थिए ।

      २०÷३० देखि दुई सय रुपियाँसम्म दिएर यस्तो कार्य गर्ने गरेका दासले अरुलाई सुनाए मार्नेसम्मको धम्की दिएका थिए । पीडित बालकले दासको व्यवहारले आफ्नो मलद्वार र छाती बेस्सरी दुखेको कुरा आमासँग भनेपछि यो घटना बाहिर आएको थियो ।

      दासले महानगरीय प्रहरी वृत्त, सातदोबाटोले अनुसन्धानका क्रममा बयान लिँदा यौनतृष्णा मेटाउन सो कार्य गरेको बताएका थिए ।

      यौन दुराचारी दासले गरेको उक्त कसुर मुलुकी अपराध संहिता, २०७४ को दफा २२६ को उपदफा (१) र उपदफा (३) तथा दफा २१९ को उपदफा २ (ग) र उपदफा (३) को (घ) बमोजिम देखिएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले सोही बमोजिमको सजायको मागदाबी गरेको थियो । ऐनको दफा २२६ मा अप्राकृतिक मैथुन गर्न नहुने उल्लेख गरिएको छ । यस कसुरमा संलग्नलाई दफा २१९ बमोजिम सजाय हुने व्यवस्था छ ।

      दफा २१९ को उपदफा २ (ग) मा गुदद्वार वा मुखमा लिंग पसाएमा, गुदद्वार, मुख वा योनीमा लिंग केही मात्र पसेको भएमा, लिंग बाहेक अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा जवर्जस्ती करणी गरेको मानिने उल्लेख छ । यस्तो कसुर गर्नेलाई दफा २१९ को उपदफा (३) (घ) बमोजिम सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेर भए दश वर्षदेखि बाह्र वर्षसम्म कैद हुने उल्लेख गरिएको छ । नेपालसमाचार पत्रबाट

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d