धनगढी, कैलालीको घोडाघोडी नगरपालिका-११ सिसैयामा छोराले हसियाँ प्रहार गरी आफ्नै बुवाको हत्या गरेका छन्।
घोडाघोडी नगरपालिका-११ बस्ने ५५ वर्षीय उदे रावतले आइतबार राति हसियाँ प्रहार गर्दा आफ्नै ७५ वर्षीय बुवा काल्चे रावतको मृत्यु भएको हो।
घटनामा मृतक रावतकी श्रीमती नन्दे रावत गम्भीर घाइते भएकी छिन्। उनलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ।
घरायसी झगडामा विवाद उत्पन्न हुँदा छोराले आफ्नै बुवामाथि धारिलो हतियार हसियाँ प्रहार गरेको प्रहरीले जनाएको छ। हत्या गरि फरार रहेका रावतलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।