जेष्ठ १२,२०८३ / १० : ३३ पूर्वान्ह / 2026-05-26 10:33 am
      • param ad
      • furniture
      • veera Incorporation

      हिलोमा फसेर दुई दिदिबहिनी र एक फुपुको मृत्‍यु

      - ६ वर्ष अगाडि
      श्रावण ६,२०७६

      दाङ, दाङको घोराही उपमहानगरपालिका वडा नं १८ अम्वापुरको पैतीखोलामा हिलोको दलदलमा फसेर तीन जनाको मृत्‍यु भएको छ । 

      आइतबार बेलुकी खेतमा रोपाइँ सकेर घर फर्कने बेला हातखुट्टा धुन गएको समयमा दलदलमा फसेर दुई दिदीबहिनी र फूपु गरी तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

      मृत्यु हुनेमा १९ वर्षीया वसन्ती विक,१९ वर्षकै झरना विक र १६ वर्षीया अमृता विक रहेका छन् । प्रहरिका अनुसार झरना र अमृता दिदीबहिनी हुन् भने वसन्ती फूपु हुन्।

      सुरुमा एक जना किशोरी हातखुट्टा धुने क्रममा खाल्डोमा डुबेको र उनलाई तान्ने क्रममा अन्य दुई जनाको समेत ज्यान गएको प्रहरीले जनाएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d