भाद्र १,२०७९ / ०४ : १६ पूर्वान्ह / 2022-08-17 04:16 am

        अपाङ्ग तालिम केन्द्रलाई ल्यापटप र नगद सहयोग

        - ३ वर्ष अगाडि
        असार २४,२०७६

        ,मोरङ , रतुवामाई वैदेशिक रोजगार समन्वय मुल समितीले ग्रामिण अपांग सेवा संघ अन्तरगत नेत्रहिन प्रविधी तालिम केन्द्रलाई सहयोग गरेको छ । 

        रतुवामाई वैदेशिक रोजगार समन्वय मुल समिती सल्लाहकार झमक निरौलाको अग्रसरतामा उक्त सस्थालाई ल्यापटप सहित नगद सहयोग गरिएको हो ।  मोरङ जिल्ला उर्लावारी नगरपालिका स्थित ग्रामिण अपांग सेवा संघ अन्तरगत नेत्रहिन प्रविधी तालिम केन्द्रलाई सहयोग गरिएको छ। अमेरिकाको क्यालिफोर्नियामा व्यवसायिक छवि बनाएका निरौलाले उक्त सहयोग वरावरको रकम पठाएका हुन । रु ८८५००(अठासी हजार पाँच सय)को २ थान ल्यापटप र रु ३८०००(अड्तिस हजार) नगद प्रशासनिक खर्चको निमित्त भन्दै अमेरिकाका नजिकै रहने आफ्ना साथिहरुको सहकार्यमा उक्त रकम पठाएका हुन ।उक्त ल्यापटप र नगद विभिन्न समाजसेवी तथा वुद्धीजिवीहरुको रोहवरमा हस्तान्तरण गरिएको थियो।

        निरौलाले उक्त अभियान आफैले २०० डलर हालेर  शुरुवात गरेका थिए । अभियानमा अमेरिकावासी नेपालीहरुले साथ दिएका थिए । उक्त अभियानमा कृष्ण कोइराला २०० डलर हाल अमेरिका, हेमराज भट्ट १०० डलर गोर्खा (हाल अमेरिका ), कृष्ण कुमारी सिवाकोटी ६० डलर लेटाङ्ग (हाल अमेरिका ), नेत्र दंगाल १०० डलर गौरदह (हाल अमेरिका ), भरत पोख्रेल १०० डलर झापा ढुकुरपानी (हाल अमेरिका ), राम बाबु पाण्डे ५५ डलर नुवाकोट (हाल अमेरिका ), राजेश पाण्डे ५० डलर नुवाकोट (हाल अमेरिका ), ध्रुब ढकाल २१ डलर नुवाकोट (हाल अमेरिका ), ऋषि ढकाल १०० डलर गोर्खा (हाल अमेरिका ) भक्त थापा ५० डलर गौरदह (हाल अमेरिका ) र बिमल श्रेष्ठ १०० डलर काभ्रे (हाल अमेरिका ) ले सहयोग गरेका थिए । 

        विगत केही समयदेखी प्रवासको सिप र पुँजीलाई १ शुत्रिय लक्ष्य सहित मिसनरी लक्ष्यमा रहेको रतुवामाई वैदेशिक रोजगार समन्वय समितीको मुल समिती सल्लाहकारको यस्तो परोपकारी मनले अभियानमा सकारात्मक सन्देश दिने अभियान्ताहरु वताउछन।तत्कालिन सरस्वती मा वी को जेहन्दार र अनुसाशित विधार्थी तथा विकासको चरम सिमामा रहेको देशको क्यालिफोनिया जस्तो शहरको सफल व्यवसायी समितीको सल्लाहकार पाउनु गर्वको बिषय रहेको मुल समिती संयोजकको ठगेन्द्र न्यौपानेले वताएका छन । समितीको लक्ष्य निर्धारण उहाँको महत्वपुर्ण भुमिका रहेको र युवा स्वरोज़गार वनाउन जस्तोसुकै सहयोग गर्न उनी लालायित छन ।  आफै हिजोको नेपाली समाजको अवस्था लहलह फलेका धानका वालाहरु,पुर्विया सभ्यता,भावनात्मक एकता देख्दा अमेरिकाको क्यालिफोनीया नामको मात्र सपना रहेको वास्तविक स्वर्ग आफ्नै जन्मथलो रहेको उनी बताउछन । 

        अभियानकर्ता - झमक निरौला , सल्लाहकार,रतुवामाई वैदेशिक रोजगार समन्वय मुल समिती 

        /pagegallery/2019070996.jpg

        /pagegallery/2019070979.jpg

        सन्तोष भट्टराई



          सम्बन्धित समाचारहरु