भाद्र १,२०७९ / ०३ : ५९ पूर्वान्ह / 2022-08-17 03:59 am

        ब्रेन ट्युमर भएपछि उपचार गर्न र ३ छोरीलाई पढाउन सहयोगको अपिल

        - ३ वर्ष अगाडि
        असार २१,२०७६

        यिनी हुन हरी प्रसाद भुसाल । पाल्पा जिल्लाको बग्नासकाली गाउपालिका वडा न ८ बराङ्दि घर भएका भुसाल अहिले काठमाण्डौ वीर अस्पातलको तेस्रो तलामा उपचार गरिरहेका छन । पारिवारिक स्थिती दयनिय भएका उनलाई ब्रेन ट्युमर भएको हो । उपचारको लागि पैसा नभएपछी उनलाई गाँउठाँउका छिमेकिहरुले अहिलेसम्मको उपचार गरिदिए । उनको दुई पटक अप्रेशन भईसकेको छ ।

        मृत्युको मुख बाट बचेँका भुसालको घरमा एक बुढी आमा र ३ जना छोरी पनि छन । पारिवारिक स्थिती अत्यन्तै दयनिय छ । उनको उपचार त जन तन भयो तर यस पछाडी अब औषधी खर्च र सामान्य रुपमा घर खर्च चलाऊनको लागि समेत उनलाई अत्यन्तै गार्हो छ । उनलाई ब्रेन ट्युमर भएको थाहा पाएपछी धन कमाउन बिदेश पुगेकी श्रीमती लक्ष्मी ४ महिनामा नै फर्किनुपर्याे । अहिले उनले नै अस्पातलमा श्रीमानको हेरचाह गरिराखेकी छिन । 

        ३ जना छोरी मध्ये जेठिले ९ , माइलीले ५ र कान्छी छोरीले १ कक्षामा अध्ययन गर्छन् । अहिले उनिहरुलाई घरमा आमाले हेर्दै आएकी छिन् । सामान्यरुपमा १ छाक टार्न पनी यो परिवारलाई छिमेकीले सहयोग गर्नु पर्ने अवस्था छ । त्यसैले यो परिवारलाई सहयोग गर्न चाहनुहुन्छ भने वाणिज्य बैकंमा लक्ष्मी भुसालको ११०००२६९८६१० अकाउन्ट नम्बरमा सक्दो सहयोग गरिदिनुहुन उनिहरुले आह्वान गरेका छन ।     

          सम्बन्धित समाचारहरु