जेष्ठ १२,२०८३ / १० : ३३ पूर्वान्ह / 2026-05-26 10:33 am
      • param ad
      • furniture
      • veera Incorporation

      यो बर्ष नर्सिङ क्षेत्रका श्रमिक मात्र जापान जान पाउने

      - ६ वर्ष अगाडि
      असार ९,२०७६

      काठमाण्डौ , यो वर्ष नर्सिङ क्षेत्रका श्रमिक मात्र जापान जान पाउने भएका छन । 

      जापान खुल्नै लागेको भनेर भाषा पढाउँदै पैसा असुल गर्ने क्रम बढेका बेला वैदेशिक रोजगार विभागका महानिर्देशक भिष्मकुमार भुषालले यस्ता हल्लाको पछाडि नलाग्न आग्रह गरे।

      जापान जानको लागि भाषाभन्दा सम्बद्ध नर्सिङ सेक्टरको सिप सिक्न उनले आग्रह गरेका छन । सिप नसिक्दा र पास नगर्दासम्म भाषामा जति अब्बल भए पनि काम नलाग्ने उनले बताएका छन । 

      भाषाको नाममा खोलिएका संस्थाहरुले कुनै पनि शिर्षकमा पैसा उठाएको छ भने विभागमा जानकारी दिन उनले आग्रह गरे। गत चैत ११ गते नेपाल र जापानबीच कामदार लैजानेबारे एमओसीमा हस्ताक्षर भएको थियो।

      जापानले नेपालसँगै इन्डोनेसिया, भियतनाम, चीन, मंगोलिया, थाइल्यान्ड, म्यानमार, फिलिपिन्स र कम्बोडियाबाट पनि कामदार लाने प्रकृया अगाडि बढाएको छ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d